नेपालको अन्तरिक्षमा स्याटलाइट राख्ने तयारी

काठमाडौ, २१ असोज /सरकारले अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्न प्रकृयालाई अगाडी बढाएको छ । दूरसञ्चार प्राधिकरणले स्याटालाइट राख्न विश्वव्यापी आश्यपत्र माग गरेको छ ।

प्राधिकरणले ४५ दिने सूचना प्रकाशित गर्दै स्याटालाइटसम्बन्धी काम गर्ने अन्तराष्ट्रिय संस्थाहरुसँग प्रस्ताव माग गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

यसअघि पनि नेपालको अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्नेसम्बन्धमा गरिएका अध्ययनहरु कार्यान्वयन हुन नसकेपछि अब अन्तर्राष्ट्रिय कम्पनीसँग साझेदारीमा राख्ने तयारी भएको हो ।

अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनले अन्तरिक्षमा नेपालका लागि सन् १९४८ मा ५० डिग्री पूर्वी र १२३३ डिग्री पूवी अर्विटल स्तट छुट्याइएको थियो ।

प्राधिकरणले अन्तर्राष्ट्रिय र्फमहरुलाई यो क्षेत्र लन्च गर्नका लागि बोलपत्र पेश गर्न आहृवानग गरेको छ ।

कमेन्टहरु
Loading...