पाँचौं संगम कपमा डिफेण्डीङ च्याम्पीयन मालेपाटन युवा क्लव क्वाटरफाईनमा

पोखरा, २१ असोज/डिफेण्डीङ च्याम्पीयन पोखराको मालेपाटन युवा क्लव ए को समुह पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ को क्वाटरफाईनमा प्रबेस गरेको छ।

पोखराको संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा विहिबार भएको खेलमा मालेपाटनले ए.आई.जी.एफ.सी.लाई ३–० ले पराजित गर्दै अन्तिम ८ मास्थान बनाएको हो । मालेपाटनको जितमा विवेक गुरुङ, विष्णु गुरुङ र लक्ष्मण रुचालले एक एक गोलको योगदान दिए । विहिबार भएको पहिलो खेलमा दिव्य ज्योति क्लवले एस.एन.एस.बी–थट्टीनलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाएको हो । दिव्यको जितमा अविशेक गिरीले निर्णायक गोल गरे ।

ए.वाई.सी.भण्डारढिकले नेपाल मुस्लीम क्लव माथि ७–० को एकतर्फी गोल बर्षाउदै अन्तिम आठमा स्थान बनाएको हो । ए.वाई.सीको जितमा विशन गुरुङले ४ गोलको योगदान दिए । एल.जी.एशोसिएसनले एस.वाई.सी. बी थट्टीन ए लाई २–१ को गोल अन्तरले पराजित गर्यो।

विरेन गुरुङको निर्णायक एक गोलको मद्धतले नव प्रतिभा युथ क्लवले युनाईटेड क्लवलाई १–० ले पराजित गरेको हो। विहिबार भएको अन्तिम खेलमा आयोजक संगम क्लव ए को समुहले शितल ज्योति क्लवलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै क्वाटरफाइृनलमा यात्रा बनाएको हो । निर्धारित समयमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगिए पनि खेल निर्णायको लागि टाइृब्रेकरमा पुगेको हो।

सुक्रबार क्वाटर फाईनलका खेलहरु हुने भएको क्लवका सह–सचिव सुवास गुरुङले जनाए । शनिबार सेफिफाईनल र फाईनल खेलसंगैप्रतियोगिता समापन हुने भएको सह–संयोजक विवेक गुरुङले जनाए ।

कमेन्टहरु
Loading...