पोखरा, २० असोज / लेखनाथ नगरपालिका –७ वडहरेमा रहेको चन्द्रकालिका मन्दीर पोखारा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागी नयाँ गन्तव्य वन्दै गईरहेको छ । धार्मीक तथा सास्कृतीक महत्व वोकेको यस ठाउमा पुग्ने पर्यटकहरु मन लोभ्याउदै शुन्दर दृष्यावलोकन गरेर फर्कने गर्दछन ।
चन्द्रकालिका मन्दीर परिसरवाट लेखनाथ नगरपालिकामा रहेका ६ वटा तालहरु एकैसाथ देख्न सकिन्छ । लेखनाथ र पोखराको शहरी दृष्यावलोकन, उत्तरतर्फ हेर्दा लहरै लागेको चाादीजस्तै टल्कने गणेश हिमाल, अन्नपुर्ण माछापुच्छ«े लगाएतका हिमश्रृङखलाहरुको अवलोकन स्वदेशी तथा विदेशी पर्यटकका लागी पहिलो रोजाईमा पर्ने गर्दछ । प्रचार प्रसारको अभावमा ओझेलमा परेको चन्द्रकालीका मन्दीरमा पुजाआजा गरेपछि भक्तजनहरुमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।
मन्दीरमा दिनहुँ पुजा आजा हुने गर्दछ । चन्द्रकालिका मन्दीर घटस्थापनाका दिन शिलान्याश गरिएको भन्ने मान्यता अनुसार वडादशैंको पञ्चमीका दिन विशेष पुजाआचा सहित पञ्चवली दिने प्रचलन कायमै छ । विहिवार पञ्चवली दिनुभन्दा अगाडी लेखनाथको डाडानाक स्थित कालिका आमा समूहको भवनवाट निस्केको वाजागाजा सहितको शोभायात्रा अर्घोचोक, कालिगण्डकी शव स्टेशन, गन्धर्वटोल हुँदै चन्द्रकालिका मन्दीरमा पुगेर पुजामा सहभागि भएको थियो ।
लेखनाथको विजयपुर, खरानेफाट, वुढिवजार, अर्घोचोक, तालचोक, शिशुवा, अर्चले लगाएतका स्थानहरुवाट सर्वसाधारण धुप अक्षता लिएर पुजामा सहभागि हुने गर्दछन् । चन्द्रकालिका मन्दीरमा वली चढाएपछि सर्वसाधारणका घरघरमा खसिवोकाको वली दिंदा शुभ हुने जनविश्वास रहेको छ । मन्दीरको विकासकालागी अहिले लेखनाथ नगरपालिकाले गुरुयोजना वनाएर अगाडी सरेको छ । लेखनाथ चोक देखी कालीगण्डकी सव स्टेशन हुदै गन्धर्व वस्तीवाट चन्द्रकालीका मन्दीर पुगेर लक्ष्मी आदर्श उच्च मावि तर्फ निश्कनेगरी ठाउ ठाउमा पार्क तथा प्रतिक्षालय निर्माण गरिने योजना अगाडी सारको चन्द्र कालिका मन्दीर पुजा संचालन समिति एवं मन्दीर निर्माण समितिका अध्यक्ष लक्षवहादुर खत्रीले वताए ।
उनले उक्त स्थानमा लेखनाथको भ्यु टावर निर्माणगर्ने लक्ष रहेको जानकारी दिए । सर्वसाधारण र स्थानीय जनताले चासो देखाएपछि चन्द्रकालिका मन्दीरको अहिले जिर्णेाद्वार गरिएको छ । स्थानीय जनताको सक्रियता र सरकारी सहयोगमा मन्दीर परिसरमा अहिले १५ लाख भन्दा वढी लगानीमा पानी टंकी, ट्वाईलेट, रेलिङका साथै अन्य भौतिक पुर्वाधारहरु निर्माण गरिएको चन्द्र कालिका मन्दीर पुजा संचालन समिति एवं मन्दीर निर्माण समितिका कोषाध्यक्ष हरीश्चन्द्र अधिकारीले वताए ।