तनँहुमा बस पल्टिँदा ५० घाइते

तनँहु, २० असोज/तनँहुको डुम्रे बजारबाट दमौलीतर्फ आइरहेको यात्रु बस सडक छेउको खेतमा पल्टिँदा ५० जना घाइते भएका छन् ।

ग १ ख ४१५३ नम्बरको बस व्यास–१, अम्रेनीमा पल्टिएको हो । बसमा सवार सबै सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ । बस तीव्र गतिमा रहेकोले अनियन्त्रित भर्इ पल्टिएको स्थानीयले बताएका छन् ।

घाइतेहरुको जिल्ला सदरमुकामस्थित दमौली अस्पताल, रत्नहरी मेमोरियर अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...