पोखरा, २० असोज /प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ ६१ औँ प्रहरी दिवसको अवसरमा सम्मानित हुनुभएको छ । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराका प्रमुख समेत रहेका गुरुङ बिहीबार पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले प्रहरी दिवसको अवसरमा आयोजना गरिएको एक समारोहका विच सम्मानित हुनुभएको हो ।
नागरिक केन्द्रिय स्वच्छ र व्यवसायीक प्रहरी सेवा प्रदान गरिरहेको प्रहरीको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट कास्की जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था संग सहकार्य गरी स्कुल, कलेज, तथा स्थानीय स्तरमा विभिन्न जनचेनतामुलक कार्यक्रमहरु संचालन गरी लागु औषध ओसारपोसार खरिद एवम दुव्र्यसन नियन्त्रण गर्न उल्लेखनीय कार्य गरेको भन्दै गुरुङलाई कदरपत्रले सम्मान गरेको हो ।
गुरुङ यस भन्दा अगाडि पुर्ण शान्ती प्रहरी पुरस्कार (२०६८) बाट पनि पुरस्कृत भइसक्नुभएको छ । गुरुङ वडा प्रहरी कार्यालय रामबजार पोखरा, अपराध महाशाखा काठमाडौँ, कपिलबस्तु जिल्लामा रहदाँ समेत विभिन्न पुरस्कार र स्थानिय सम्मानबाट सम्मानित हुनुभएको थियो ।