चिच्चाएको आवाज आयो ब्युझदा बस भिरमा थियो ।(सोमबार याम्दी बस दुर्घटना )

“आँखा अगाडी छोरा र आमा गुमाइयो, मन बुझाउन पर्दो रहेछ ”

बिष्णु बसौला

चाड पर्ब नजिकिँदै जाँदा घर फर्कने इच्छा सबैमा हुन्छ ।देश बिदेशबाट पनि परिवारसंग दसै मनाउन धरै ब्यक्ति घर आउने गर्दछन् । यातायातको यन्त्रिक गडबडी, चालकको लापरबाही पुराना सवारी, साधन क्षमता भन्दा बढी यात्रु आपत जाबत, कच्ची सडक लगायत बिबिध कारणले दैनिक जसौ धरै मानिसले अकालमा ज्यान गुमाएका छन । आज भाली दैनिकका दुर्घटना र मानिसका ज्यान गएका खबर नेपालका पत्रपत्रिका, रेडियो टेलिभिजन, अनलाइन तथा बिबिध संञ्चार माध्यममा सुन्न,पढ्न र हर्न कुनै नौलो छैन ।

दुर्घटनाले बर्षमा हजारौँ मानिस मर्ने गरेका छन । कतिले बुबा आमा गुमाएका छन । कति गाउँ नै बिधवा भएका छन् । धरै बालबालिकाहरु एकै साथ अनाथ भएका पनि धरै गाउँ छन । कसैका परिवारका सबै सदस्यको पनि मृत्यु भएको छ ।कतिका योजनाहरु सडक दुर्घटनाले चकनाचुर पारेको छ ।मृत्यु हुने मध्ये धरै बृद्धा र नाबालक छन् ।

चिच्चाएको आवाज आयो ब्युझदा बस भिरमा थियो
चिच्चाएको आवाज आयो ब्युझदा बस भिरमा थियो

सोमबार बिहानै दुर्घटना ………..

सोमबार बिहान पोखराको यम्दी पुल नजिक काठमाण्डौबाट बुर्तिबाङका लागी छुटेको वस तिब्र गती र घुम्तीमा ओभरटेक गर्न खोज्दा पोखरा भन्दा केही टाढा याम्दी पुल नजिक दुर्घटना भयो । दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु भयो । २६ जना घाइते भए ।काठमाण्डौको थानकोटबाट बाग्लुङको बुर्तिबाङको लागी छुटेको ढोरपाटन यातायात ब्यवशायी समितीद्धारा सञ्चालित ग १ ख ६१६९ नम्बरको बस पोखराको याम्दी पुल नजिक सोमबार बिहान ५ः४० वजे दुर्घटना भएको हो ।

स्वास्थ्य उपचारका साथै छोरा बुहारी र नातीलाई भेट्न काठमाण्डौ गएका जीवन अर्याल र मनरुपा अर्याल घर नपुग्दै बस दुर्घटनामा परे । मनरुपाकोे मृत्यु भयो ।साथै उनका नाती साढे दुइ बर्षका अजित अर्याल पनि दुर्घटनाको शिकार भए । घटनास्थलमा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेको नाम लिस्ट लामै छ । दुर्घटनामा परि गुल्मी नेटा दुइका सरस्वती अर्याल, जीवन अर्याल र नारायण अर्याल अन्य स्थानका स्मृति बुढा मगर, घलेन्द्र बुढा मगर, चन्द्रकला थापा, मिना बिक, भिम माया घर्ति मगर, लेख बहादुर कामी, बाल कुमारी घर्ती मगर, तेजेन्द्र सुनार, सृष्टी पुन, आसा पुन ,देबी घर्ती मगर ,शिला घर्ती मगर, बिश्वास घर्ती मगर घाइते भए ।

चिच्चाएको आवाज आयो ब्युझदा बस पल्टीसकेको थियो । बाबु अजितकोे च्यापु बाहिर निस्केको रहेछ । भित्र धकेलेर मिलाएँ, छोरालाई पम्प दिइरहदा आमाको हात चलि रहेका थियो ।छोराको आश थिएन आमा बाँच्नु होला जस्तो लागेको थियो । बाहिर निस्केको च्यापुलाई भित्र धकेलेर कृतिम श्वास प्रश्वास र पम्पबाट हावा दिने प्रयास गरेँ तर बाबु बाचेन “दैब लागेको रहेछ खोसेर लग्यो खुसी, सपना जस्तै लागेको छ सबै कुरा ” डेढ महिनाको पेटको बच्चाले संसार देख्न के गर्छ होला ? नारायण अर्यालले भने ।

hamja-ma-bus-accident-2बस चढ्न भन्दा अगाडी साइत बिग्रको जस्तो भएका थियो ?

करिब डेढ बर्ष अघि देखी काठमाण्डाँै बसेर लोक सेवा आयोगको तयारी गरीरहेका गुल्मीका नारायण अर्याल घर जानकालागी टिकट लिन आइतबार बस पार्क पुगे । ढोरपाटन यातायात ब्यवशायी समितीको ४ बटा क्याबिन सिटको टिकट लिएर उनी कोठामा पुगे । दुई बजे छुट्ने बसको टिकट काटेर कोठामा आएका उनले केही समयमा काउण्टरमा फोन गरे । उनले फोन गर्दा बस दुई बजे नभइ ४ बजे बस पार्क आउने जानकारी प्राप्त भयो । उनी ४ बजे घर जाने तयारीका साथ बसपार्क पुगे । बसपार्क पुगिसेकेपछी यता उता हेर्दा उनकोे हातमा टिकट भएको ग १ ख ६१६९ बस कतै देखिएन । बस नदेखेपछी उनी टिकट काट्नेहरुकोे बाक्लो भिड छिचोल्दै काउण्टर पुगेर बसका कर्मचारीलाई बस छुटने समय सोधे ।

कर्मचारीले उनलाई बस जाममा परेको र आउन केही बेर लागेको बताए । उनले तत्कालै पुन प्रश्न गरे कति बज्ला ? कर्मचारीले जाममा भएकाले राती १०,११ जती पनि बज्न सक्ने जानकारी दिए । नारायण मलिन अनुहार लिएर परिवार भए तिरै फिर्ता भए ।
उनको मन त्यती बेला नै सामान्य भन्दा फरक भएको थियो र मनमा अनेक शंका उपशंका पैदा हुन थालको थियो । मडारिन थालेका थिए,अनेक तर्क बितर्कका सोचहरु ।

उनलाई त्यसैबेला साइत बिग्रेको जस्तो भने लागेको थियो ।एकै छिनमा ग १ ख ६१६९ नम्बरको बसको टिकट काटेका करिब २५–३० जम्मा भए र प्रतिक्षा गर्न लागे । हरेक बस नजिक आउँदा नम्बर तिर सबैको आखाँ पुग्थ्यो । नम्बर प्लेट हेर्दा, हेदार्, र्हेदै बिस्तारै साँझैपर्यो । गाडीको नम्बर प्लेट पनि देख्न गाह्रो हुन थाल्यो । आशा मार्ने कुरै थिएन ।सबै जना नियाँलेर हेर्न थालेल। धैर्यको बाँधलाई बाध्यताले मजबुत बनाइ दिएको थियो ।

hamja-ma-bus-accident-1प्रतिक्षा गरि रहँदा घडीको सुइले ७ करिब बजाउन लाग्दा काठमाण्डौँ भित्र चल्ने एउटा लोकल रिर्जभ गरेर काउन्टरका कर्मचारीले उनीहरुलाई थानकोट पठाए । थानकोटबाट उनीहरुलाई बसमा परिबर्तन गराइयो । नारायणलाई रातमा हिड्न धेरै नै डर लाग्थ्यो रात्रि बस दुर्घटना धरै हुन्छ भन्ने उनको मनमा थियो । उनले सोचे “ कति दिनबाट यही ड्राइभरले गाडी चलाइ रहेको होला । अबश्य पनि पुर्याउछ” । सबैजना बसमा चढे । टिकट अनुसार उनीहरुको सिट क्याबिनको थियो तर आमा बाबाले त्यहाँ बस्न अप्ठ्यारो हुने भन्दै खाली भएको अन्तिम भन्दा अगाडीको सिटमा नाती अजितलाई लिएर जानुभयो । बस चल्यो ।

चलेको करिब १ घण्टा पछी चितबनको दाह्रेचोकमा खाना खानका लागी बस रोकियो । सबै जना झरेर खाना, खाजा खाए । खाना खाएर सबै जना बस चढ्ने तयारीमा लागे । जिबन पनि बस चढ्न लागेका थिए त्यही बेला सरस्वतीले नारायणसंग ड्राइभरले रक्सी खाएको हुन सक्ने शंका ब्यक्त गरीन । उनी भन्दै थिइन “चालकहरुले रक्सी खाएका छन् जस्तो लागेको छ ” यती सुनेपछी नारायणलाई सिरीङ्ग भयो । नारायणले उनीहरुको हिँडाइको चाल हेरे ठिकै देखियो । उनीहरु हल्लीएका थिएनन् ठिकै थिए । सामान्य थिए । त्यती बेला नै उनले सोचे ठिकै चलाउलान् नि हामीले के गर्न सकिएला र मर्न लेखेको रहेछ भने मरिएला । मनमा सोच्दै उनी गाडीमा बसे फेरी यात्रा प्रारम्भ भयो बुर्तिबाङको ।

खाना पछीको यात्रा

दाह्रेचोक भन्दा केही यतासम्म थानकोटबाट चालाएको ड्राइभरले ल्याए त्यसपछी ड्राइभर परिबर्तन भयो । उनलाई झन डर लाग्यो । फेरी जान्ने मान्छे नै होला भनेर मन बुझाउनुको बिकल्प देखेनन् उनले र मौन बसिरहे ।बस चलि रहेको थियो केहि यता आए पछि एक्कासी गाडीको ब्रेक लाग्यो । सबै जना ब्युझिए मनमा झन डर थपियो ।बसले बाटोमा सामान्य भन्दा बढी नै बस, ट्रक कारलाई ओभरटेक गरेको थियो ।मनमा डर राखेरै भए पनि यात्रा रहँदा गाडी बिभिन्न स्थान पार गदै पोखरा आयो ।
सबै भन्दा पहिला आशा चिच्चाइन ।

hamja-ma-bus-accident-3पोखराको बागलुङ जानका लागी पोखरा बसेर पृथ्वीनारायण क्याम्पसमा अध्ययन गदै आएकी आसा पुन बसमा चढिन । उनी पनि क्याबिनमा नै बसिन क्याबिनमा सरास्वती , नारायण र आशा तिन जना भए । क्याबिनमा नै हेर्दा भलादमी जस्तो देखिने बसका ड्राइभर मज्जाले सुति रहेका थिए । बस चल्दै थियो नारायण फेरी निदाए ।सबै जसो यात्रु निदाएका थिए आशा भने निदाएकी थिइनन् ।

बसले पोखराको हरिचोक पार गर्यो ।बस तिब्र गतीमा थियो । केही समयमा याम्दी पुग्यो । उनीहरु चढेको बस अगाडी अर्को बस पनि थियो । अगाडीको बसलाई उनीहरु चढेको बसले ओभरटेकको प्रयास गर्यो । सोही क्रममा तिब्र गतीको बस भित्र निदाएका यात्रुको कानमा एकै चोटी एक एक किसिमको चिच्चाहट पर्यो । सबैभन्दा बढी चिच्चाउने आसा थिइन । नजिकैका नारायण र सरास्वती निन्द्रमा रहेका बेला चिच्चाएको आवाज कानमा पर्यो । उनीहरु केही झस्के ।चिच्चाएको आवाज आएके केही सेकेण्डमा नै उनीहरु चढेको बस एक्कासी भुइमा बजारीयो नारायणको शब्दमा बस एकै पटक गन्द्राङग भयो । सबैजना आत्तिए ।सबै आफु बाहिर निस्के र आफन्तको खोजीमा लागे धरै चोट लागेकाहरु छटपटाएका थिए ।

समान्य चोटमा रहेका उद्धारमा खटे ।त्यही समय अर्को बसका यात्रुले पनि उद्धारमा सहयोग गरे ।क्याबिनमा बसेका नारायणलार्ई टाउको र ढाडमा चोट लाग्यो । उनलाई त्यो समयमा चोट लागेको थाहा भएन । हतार हतार बाहिर निस्केर सरस्वतीलाई हेरे उनको नाक मुखबाट रगत आइरहेको थियो ।उनी रगत रोक्ने प्रयासमा लागे केही समयमा अर्को बसका एक ब्यक्तिले रुइ ल्याइदिए र सरास्वतीलाई रुइ लगाइ दिए रगत केही रोकिए जस्तो भयो । नारायणलाई चिन्ता सरस्वतीको मात्र थिएन । तत्कालै उनी अन्तिम भन्दा अगाडीको सिटमा आमा, बाबा र छोरा भए तिर लागे । पछाडी कतैबाट पनि केही अवाज सुनिएन ।सबैको सहायतामा खोजी गरे । बस बाबा आमा बस्नु भएकै तिर कोल्टे परेकाले निकाल्न केही समय लाग्यो । बुबा जिबनलाई निकाल्दा ठिकै अबस्थामा हुनुहुन्थ्यो ।त्यस पछी आमा मनरुपा र छोरा अजितलाई पनि निकालियो ।

धेरै कुरा सोध्नै अप्ठ्यारो लाग्यो

उनले आँखाभरी आँसु पादै भने । छोरा अजित अर्यालको च्यापु बाहिर निस्केको थियो । बाहिर निस्केको च्यापुलाई भित्र धकालेर कृतिम श्वास प्रश्वास र पम्पबाट हावा दिने प्रयास गरे तर बाबु बाचेन । उनलाई त्यती बेला लागेको थियो बाबु छैन होला ।तर आश मारेनन् र सक्दो प्रयास त्यती बेला नै गरेका हुन् ।उनको होस् उड्यो छोरालाई पम्प दिइरहदा आमाको हात चलि रहेको थियो । उनलाई लागेको थियो आमालाई त केही भएको छैन । तर नतिजा उनले सोचेको भन्दा फरक रह्यो ।उहाँ पनि रहनु भएन । अजित साढेँ दुइ बर्षका थिए भने आमा मनरुपा ४७ बर्षकि थिइन ।केही बेरमा एम्बुलेन्स आयो ।धरै मान्छे बहोस थिए कत्ति मान्छे बहोसीमा पोखराको मणिपाल अस्पाताल आइपुगे र अस्पतालमा नै होस खुल्यो ।

अस्पतालको पुग्दा
हामी अस्पताल पुग्दा अस्पतालको मार्बलमा रगतको दाग देखीयो । कतै नसोधी रगतको दागलाई पछ्याउदै जाँदा इमरजेन्सी लेखेको कोठाको अगाडी पुग्यौ र प्रबेश गर्यौँ । त्यस कोठामा लगभग सबै घाइते थिए । कसैको गाला, नाक ,आँखा,मुख काटेको थियो ।कोही बहोस त कोही होसमा थिए । अहिले पनि कोही उपचारत छन् केही घाइते सामान्य उपचार मार्फत घर फर्केका छन ।
सरस्वतीको पेटमा अर्को बच्चा भएको कुरा पनि नारायणले बताए ।उनी भन्छन “दैब लागेको रहेछ खोसेर लग्यो खुसी, सपना जस्तै लागेको छ सबै कुरा ”डाक्टरले उनलाई दिएको जानकारी अनुसार पेट भएको डेढ बर्षको बच्चाको अबस्था सामान्य छ तर आमाको स्वास्थ्यले गर्दा संसार देख्न पाउने नपाउनेमा अन्यौल छ । तर जन्माउन मिल्ने अबस्थाका बारेमा भने उनी अनबिज्ञ छन । सवारी चालक प्रहरीको नियन्त्रणमा छन् ।

(अस्पतालमा घाइते अबस्थामा रहेका नारायण अर्यालसंगको कुराकानीबाट ।)

कमेन्टहरु
Loading...