पोखरा ट्रेड मलमा सपिङ गर्ने बढे, विजेतालाई उपहार

पोखरा, १९ असोेज /पोखरा ट्रेड मल चिप्लेढुङ्गाद्वारा सञ्चालित दशंै तिहार मेला बम्पर उपहार कार्यक्रम जारी छ । मेला अन्तर्गत मलमा सपिङ गर्ने ग्राहकहरु मध्येबाट दैनिक रुपमा भाग्यमानी ग्राहक छनोट गइरहेको छ । दैनिक १० जनालाई मलले नगदसहित विभिन्न उपहार प्रदान गर्दै आइरहेको छ ।

मेलाका अवसरमा मलमा सपिङ गर्ने ग्राहकहरुको भिड लागेको अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । ‘ग्राहकको हितलाई मध्यनजर गरी दैनिक तथा बम्पर उपहार कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने, ‘एउटै छानामुनी सम्पूर्ण सामान पाइने भएकाले पनि मलमा ग्राहकको आकर्षण बढेको छ ।’

यसैक्रममा दैनिक उपहार कार्यक्रम अन्तर्गत बुधबार कुपन नम्बर ००३३५१ का ग्राहकले ५ सय रुपैयाँको नगद भौचर जितेका छन् । २ सय रुपैयाँको नगद भौचर कुपन नम्बर ०५०९६०, ०४०६०२ र ००४६८४ का ग्राहकले जितेका छन् भने पोखरा सिने प्लेक्सको २ वटा मुभी टिकट बिजेता कुपन नम्बरमा ०५७९१३, ०५४३९८ र ०३२८१३ का ग्राहक छन् । गिफ् हयाम्पर बिजेता कुपन नम्बरहरु ०३८३२०, ०१३०३३ र ०२०२८७ छन् ।

कमेन्टहरु
Loading...