थुम्कीमा लोक गीत प्रतियोगितामा चन्द्रमुखि प्रथम

पोखरा, १९ असोज /चन्द्रमुखि सामुदायिक बालक्लब थुम्की गाविसले विजया देशमी तथा दिपावलीको अवसरमा खुल्लालोक गीत प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमा एमालेका युवा नेता सुर्य भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि कार्यक्रम सहयोगी बन्ने बताए ।

उनले भोलीको समाज परिवर्तनमा ठुलो भुमिका खेल्ने बताउदै मानसिक विकासका लागि खेलकुद र मनोरञ्जनले ठुलो भुमिका खेल्ने बताए । कार्यक्रममा पर्यटन ब्यसायि संगठन प्रदेश नम्बर ४ का सदस्य एमाले युवा नेता राजन सुवेदीले विकासमा राजनीति नगरीअगाडि बढ्दा समाजलाई फाइदा पुग्ने बताए ।

खुल्ला लोक गीत एवं घौटो फुटाउने र शुभकामना आदान प्रदान कार्यक्रममा एमाले क्षेत्रीय सदस्य तिलक खड्का, एमाले थुम्किका अध्यक्ष तिल बहादुर थापा सदस्य राम बाबु सुवेदी मिनराज ओझा युवा संघ कास्की का सदस्य बिष्णु भण्डारी युवा बेबसायि जीवन गोर्खाली र स्थानीय हरिमाया ओझा, लालुमाया ओझा, सत्य राज सुवेदी, रामजि सुवेदी लगायतले शुभकामना दिएका थिए ।

लोक गीत प्रतियोगितामा चन्दमुखि क्लब प्रथम सिर्कुतान आमा समुह दोस्रो र नबदुर्गा आमा समूह तेस्रो भए । क्लबका अध्यक्ष सुदिप ओझाको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

कमेन्टहरु
Loading...