पारिजात बचत तथा ऋण सहकारीबाट पत्रकार गिरी र पौडेल सम्मानित

पोखरा, १९ असोज /पोखरा उद्योग बाणिज्य संघका महासचिव दामु अधिकारीले सहकारीको सिद्धान्त, मर्म र भावना अनुसार संचालन हुनुपर्ने बताएका छन् । पारिजात बचत तथा ऋण सहकारी संस्था लिमिटेड्को छैठौ बार्षिक साधारण सभाको उद्घाटन गदै महासचिव अधिकारीले सहकारीका सात सिद्धान्त बाचन गर्ने मात्रै नभएर, त्यसलाई लागु गर्नुपर्नेमा जोड दिए ।

‘सहकारीहरु सहकारी ऐन, नियममा रहेर संचालन हुनुपर्छ ।’ सहकारी सहकार्यबाट संचालन हुने भएकाले सहकारी वीचमा समन्वयको अभाव रहेको बताए । सहकारीमा फाइदा र बेफाइदा दुवै रहेको बताउदै प्रभावकारी अनुगमन नहुदाँ एउटै ब्यक्ति धेरै सहकारीको जिम्मेवार पदमा रहने अवस्था रहेको बताए । ‘ एउटा सहकारीमा कालो सुचिमा रहेको ब्यक्तिले अर्को सहकारीबाट ऋण लिने अवस्था रहेको छ, त्यसका अन्त्यका लागी सहकारीहरु वीच समन्वयको खाँचो छ ’ महासचिव अधिकारीले भने ।

सुरेन्द्र पौडेल र एकराज गिरी
सुरेन्द्र पौडेल र एकराज गिरी

उनले सहकारीमा विकृति विसंगती आउन नहुने बताउदै सहकारी सदस्यमुखी भन्दा नाफामुखी बन्ने गरेको बताए । ‘सहकारीहरु मुनाफामुखी बन्ने गरेका छन्, त्यसैले आर्थिक अनुसानमा रहेर कामन गर्नुपर्छ ।’ पारिजात बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पदम गिरीले सहकारीले लगानी गरेको क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त गरेको बताउदै ग्रामीण क्षेत्रबाट आएर बासोबास गरेका निम्न वर्गको जीवनस्तर उकास्ने उद्धेश्यले सहकारी स्थापना भएको बताए ।

‘दुरदराजबाट आएका ब्यक्तिलाई लक्षित गर सहकारी खोलको हौ ।’ सहकारीमा हाल २ सय ५१ सेयरधनी रहेका छन् भने सहकारीको १ करोड ६७ लाख सेयरपुजीँ रहेका छ । सहकारीले ७ करोड लगानी गरेको गरेको जानकारी अध्यक्ष गिरीले बताए । उनले आगामी दिनमा शेयपुजीँ बृद्धि गरिने समेत बताए । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ फिल्ड कार्यालय पोखराका इन्चार्ज दिनेश भण्डारीले सहकारी क्षेत्रमा खबौ रुपैयाँ लगानी रहेको र ४० लाख भन्दा बढि सहकारीमा आवद्ध रहेको बताउदै सहकारीले सवै वर्गका ब्यत्तिलाई समेटन सक्ने क्षेत्र भएको बताए ।‘सहकारीले हुदाँ खाने र हुने खाने सवै वर्गकालाई समेटन सक्नछ ।’ उनले सहकारी आर्थिक समृद्धिको आधार भएको समेत बताए ।

कार्यक्रममा संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर बास्तोला, सहकारीका सल्लाहाकार देउकाजी गुरुङ, सहकारीका उपाध्यक्ष सन्तोष अधिकारी र सचिव दिलिप न्यौपाने लगायतले सहकारीका बारेमा बोलेका थिए ।

पत्रकार गिरी र पौडेल सम्मानित
पारिजात बचत तथा ऋण सहकारी संस्थाले आफनो छैठौ बार्षिक साधारण सभाको अवसमार पत्रकार एकराज गिरी र सुरेन्द्र पौडेललाई सम्मान गरेको छ । पत्रकारीता मार्फत पोखराको विकास र सहकारी क्षेत्रका गतिविधिलाई संचार माध्यममार्फत समाजलाई सुसुचित गर्ने कार्यमा लागेको भन्दै सहकारीले सम्मान गरेको हो । पत्रकारद्धय गिरी र पौडेललाई पोखरा उद्योग बाणिज्य संघका महासचिव दामु अधिकारी र सहकारीका अध्यक्ष पदम गिरीले सम्मानपत्र र खादा लगायर सम्मान गरेका थिए ।

पत्रकार गिरी पोखराबाट प्रकाशित हटलाईन दैनिक र गोरखपत्र दैनिकमा कार्यतरत छ भने पौडेल आर्थिक साप्ताहिक र आर्थिक् अभियानमा कार्यरत रहेका छन् । यसैवीच सहकारीले गिता अधिकारीलाई सर्वोत्कृष्ट निक्षेपकर्ता र प्रकाश सार्कीलाई उत्कृष्ट कर्जा सदस्यका रुपमा समान गरेको थियो । उनीहरुलाई महासचिव अधिकारी र अध्यक्ष गिरीले सम्मानपत्र सहित सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...