वडा नागरिक मञ्च पोखराको सम्मान

अमृत शर्मा,पोखरेल/पोखरा, १९ असोज/हिन्दु धर्मावलम्बीहरूको महान चाड बिजया दशमी तथा शुभदिपावलीको अवसरमा वडा नागरिक मञ्च पोखरा ५ ले शुभकामना आदानप्रदान तथा चियापान साथै भर्खर सम्पन्न पोखरा उघोग बाणिज्य संघमा बिजयी हुनुभएका वडा न ५ का पदाधिकारीहरूलाई सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, विशेष अतिथिहरू स्थानीय बिकास अधिकारी दामोदर भण्डारी, सशस्त्र प्रहरीबलका गणपति रामकुमार राई , नागरिक मञ्च पोखराका संयोजक रामबहादुर पौडेल, पोखरा उघोग वाणिज्य संघका महासचिव दामु अधिकारी, जिल्ला रेडक्रस सोसाईटी कास्कीका कोषाध्यक्ष धर्मराज अधिकारी, स्थानिय राजनीति दलका प्रमुखहरूले शुभकामना दिएका थिए ।

त्यस्तै नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल,नागरिक कर्मी उज्ज्वल खत्री,ओमराज पौडेल,दामु अधिकारी लगायतले शुभकामना ब्यक्त गरेका थिए। वडा नागरिक मञ्च ५ कि संयोजक अन्जु क्षेत्री को सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कालीका थापा,कार्यक्रम सञ्चालन मणिराम बरालले गरेका थिए।

कमेन्टहरु
Loading...