पोखरा १९ असोज /लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले शुभकामना आदानप्रदान कार्यक्रम बुधबार पोखरामा सम्पन्न गरेको छ । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, छठ, नेपाल सम्वत् लगायतको अवसरमा भएको शुभकामना कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन एम जे एफ दिपक श्रेष्ठले चाँडवाँडलाई बोझको रुपमा नभई भातृत्वको रुपमा मनाउन आग्रह गरे ।
दशैँमा देखिएको विकृती प्रति चिन्तित हुँदै उनले आफ्नो सामथ्र्य अनुसार दशैँ मनाउन सुझाव दिए । पोखरा उद्योग वाणीज्य संघको पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले आफुले कमाएको केहि रकम सामाजिक कार्यमा सहयोग गर्नपर्ने बताए । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारी स्थापना भएको छोटो समयमानै विभिन्न गतिविधि मार्फत चर्चामा आउन सफल भएको भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।
लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चियर पर्सर एम जे एफ बालकृष्ण बराल, रिजन चियर पर्सन सुदिपराज ढुङ्गाना, जोन चियर पर्सन खुब बहादुर बराल, एम जे एफ लक्ष्मि पाण्डे क्षेत्री, लायन्स क्लव अफ सिर्जना चौतारीका अध्यक्ष एम जे एफ बसन्त गिरी, आइभिपि एम जे एफ विना गुरुङ्ग, सचिव जीवन गोर्खालीले लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले छोटो समयमा गरेका कार्यक्रमको प्रशंसा गर्दै शुभकामना दिए ।
यसैगरी लायन्स क्लव अफ विरौटा साझा चौतारीका अध्यक्ष दुर्गा आचार्य, द्धितिय उपाध्यक्ष रजनी बराल, लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका प्रथम उपाध्यक्ष पुरुषोत्तम भण्डारी, द्धितिय उपाध्यक्ष ऋषिराम भण्डारी, सचिव विधान गौतम, सह–सचिव निर्मल सोती, मेम्बरसिप चियर पर्सन राजाराम पौडेल, शिक्षा निर्देशक सागर बराल, वातावरण निर्देशक शंकर पाण्डे, टेमर मोती प्रसाद पौडेल, टेल ट्विष्टरमा महेश्वर रिमाल, पिआरओमा कृष्ण प्रसाद आचार्य, सञ्चार निर्देशक महेश सुनार, सदस्य चित्र गुरुङ्ग लगायतले विजयादशमी, शुभदिपावली, छठ, नेपाल सम्वत्को उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए ।