पत्रकार पुनलाई मातृ शोक

पोखरा, १९ असोज /पोखराका पत्रकार, स्तम्भकार तथा कलाकार तिलकप्रसाद पुन पुर्जालाई मातृशोक परेको छ । पत्रकार पुनकी माता जिपी माया पुन पुर्जाको ७७ वर्षको उमेरमा असोज १६ गते आइतबार निधन भएको छ ।

स्वर्गीय पुनका श्रीमान, चार छोरा र दुई छोरीहरु छन् । नवलपरासीको सुनवल नगरपालिका ५ वनकटियामा उनको बसोबास रहँदै आएको छ । उनको जन्म पर्वतको सालिजामा भएको थियो ।

केही दिनदेखि बिरामी परेकाले स्वर्गीय पुनको बुटबल स्थित अस्पतालमा उपचार गरिदँै आएको थियो । निमोनियाका कारण उनको निधन भएको परिवारले जनाएको छ ।

कमेन्टहरु
Loading...