पोखरा पिस क्लवद्वारा सडक बत्ति जडान तथा मर्मत

पोखरा, १८ असोज /सामाजिक विकृति र विसंगतिका विरुद्ध क्रियाशील पोखरा पिस क्लवले पोखरा उपमहानगर पालिका वडा नं.७ र ५ मा विद्युत जडान तथा मर्मत कार्य सम्पन्न गरेको छ ।

चाडबाडको समयमा हुने चोरी, डकैती तथा विकृतिहरु नियन्त्रणका लागि उक्त कार्य सम्पन्न गरिएको हो । आफ्नो संरक्षित क्षेत्र अन्तर्गतका शान्तिनगर टोल विकास संस्था, नुवारथोक टोल विकास संस्था लगायत मालेपाटन टोल विकास संस्था र मनकामना टोल विकास संस्थाका केही भाग गरी करीब १ सय वटा विद्यूतीय पोलमा विगत दश वर्षदेखि निरन्तर रुपमा यस्ता कार्यहरु गर्दै आएको क्लवका सदस्य तथा संयोजक रेवती प्रसाद बरालले बताए ।

क्लवले गरेका यस्ता कार्यहरु देखि टोलबासीहरु हर्षित छन्, अब चाडबाडको बेला हुने चोरी डकैतीलाई मध्यनजर गरी रात्रिकालिन गस्ति पनि गरिने क्लवका सदस्य गणेश अधिकारीले जानकारी दिए । शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जनका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न पोखरा पिस क्लवले विजयादशमी, दीपावली, छठ तथा अन्य चाडबाडको अवसर पारेर यही असोज १९ गतेदेखि २३ गतेसम्म शैक्षिक तथा खेलकुद सम्बन्धी विविध कार्यक्रमहरु आयोजना गर्न लागेको सचिव प्रताप आचार्यले जानकारी दिदै क्लवका यस्ता कार्यक्रमहरुमा सहयोग पु¥याउन सम्पूर्ण टोलबासीलाई धन्यवाद दिंदै आभार प्रकट गरेका छन् ।

कमेन्टहरु
Loading...