फेवा विकास बैंकको लेखनाथ शाखाको औपचारिक सुरु

पोखरा, १७ असोज/फेवा विकास बैकले कास्की जिल्ला लेखनाथ नगरपालिकाको तालचोेक शाखाको औपचारिक सुरुवात गरेको छ । शाखाको नेपाल राष्ट्र वैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे । डेपुटी गभर्नर शिवराज श्रेष्ठले फेवा विकास बैक एक सवल र सक्षम विकास वैक भएको र मर्जरका पहिलो वर्षमानै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको भन्दै शुभकामना दिए ।

स्वागत मन्तव्य राख्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकको गतिविधी र भावी कार्यक्रम बारे जानकारी दिए । फेवा विकास बैंक लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममको संचालन नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर ब्रजाचार्यले गरेका थिए । शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एविविएस, एसएमएस बैकिङ्ग, सुनधितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा,सहितको पूर्ण बैकिगं सेवा प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिए ।

फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२÷७३ मा संचालन मुनाफा रु. ४८ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेप रु. ११ अर्ब ७३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१० अर्ब २२ करोड पु¥याएको छ ।

कमेन्टहरु
Loading...