पोखराको याम्दीमा बस दुर्घटनामा २ को मृत्यु , २३ घाईते

सागर राज तिमिल्सिना
पोखरा, १७ असोज/पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २३ जना घाइते भएका छन् । गुल्मीको नेटाका ४५ वर्षिय मनरुपा अर्याल र साढे दुई वर्षका अतिस अर्यालको मृत्यु भएको छ ।

काठमाडौंबाट बाग्लुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग।१ ख।६१६९ नम्बरको रात्री बस याम्दी पुल केहि माथी दुर्घटना भएको हो ।

पोखराबाट बाग्लुुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुदा बिहान पख दुर्घटना भएको स्थानियबासीले जानकारी दिएका छन् । तिव्र गतिमा भएको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भई दुघटना भएको प्रहरीको भनाई छ ।

बस पल्टिएलगत्तै सँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको प्रहरीले जानकारी दियो । घाइतेहरुलाई उपचार लागि पोखराको मनिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भई रहेको छ ।

कमेन्टहरु
Loading...