पोखराको याम्दीमा बस दुर्घटना, २५ घाईते (फोटो फिचर)

सागर राज तिमिल्सिना
पोखरा, १७ असोज/पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै बस दुर्घटना हुँदा करीब २५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । काठमाडौंबाट बाग्लुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग।१ ख।६१६९ नम्बरको रात्री बस याम्दी पुल केहि माथी दुर्घटना भएको हो ।

पोखराबाट बाग्लुुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुदा बिहान पख दुर्घटना भएको स्थानियबासीले जानकारी दिएका छन् । तिव्र गतिमा भएको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भई दुघटना भएको प्रहरीको भनाई छ ।

बस पल्टिएलगत्तै सँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको प्रहरीले जानकारी दियो । घाइतेहरुलाई उपचार लागि पोखराको मनिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भई रहेको छ ।hamja-ma-bus-accident-1 hamja-ma-bus-accident-2 hamja-ma-bus-accident-3 hamja-ma-bus-accident-4

कमेन्टहरु
Loading...