पोखरा, १६ असोज /आठौं संस्करण मिस पोखरा २०१६ को ताज सदिक्षा पाण्डेले पहिरिएकी छन् । अन्य प्रतिस्पधिहरुलाई पछि पार्दै २१ वर्षिय सदिक्षाले मिस पोखराको ताज पहिरिन सफल भएकी हुन् ।

पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘जिओनी मिस पोखरा–२०१६’ प्रतियोगिताको उपाधि बिजेताले नगद ५० हजारसहित डियो स्कुटर प्राप्त गरेकी छिन् साथै बिजेताले द हिडन टे«जरको आयोजनामा हुने मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्न पाउनेछिन् । प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजारसहित एक÷एक वटा जियोनी मोवाइल प्राप्त गरे ।
यसैगरी मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस बेष्ट स्माइल, मिस क्याटवाक, मिस बेष्ट डे«स, मिस फोटोजेनिक, मिस भ्यूअर च्वाईस र मिस पपुलर टाइटल विजेताले पनि नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । सन् १९९५ बाट मिस पोखरा शुरु गरेको पोखरा जेसिजले यस वर्ष आठौं संस्करण गरेको हो । १९९५ मा शुरु भएपनि १९९९ पछि हुन नसकेको प्रतियोगिता २०१३ देखी पुनः शुरु गरिएको थियो ।