हिमानीको हात समातेर पारस छमछमी नाचेपछि ………….

काठमाडौं, १६ असोज/पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु दंग पर्दै हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन मनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र हिमानीलाई नचाउने पात्र पाहुनाहरू भएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।

सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए। नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो। पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो।

हिमानीको जन्मदिन हिजो शनिबार भए पनि शुक्रबार जन्मदिन मनाइएको थियो। जन्मोत्सवमा भोजस्थल विशेष रूपमा सजाइएको थियो। बिभिन्न ब्राण्डका ह्वीस्की, वाइन र बियरको व्यवस्था गरिएको भोज सोल्टी होटलले निर्माण गरेको केक काटेर सुरूआत गरिएको थियो। हिमानीले केक काट्नासाथ सबै पाहुनाले शुभकामना दिएका थिए।

केक काट्दा पति पारस, पूर्वराजा ज्ञानेद्र, पूर्वरानी कोमल र उनका नाती नातिना सँगै थिए। बुहारीको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र र कोमल सात बजे सोल्टी पुगेका थिए। डान्स पार्टी सुरू भएपछि सबैले नेपाली गीतमा नाचगान गरेका थिए। नाच सुरू हुनासाथ पारस र हिमानीलाई हात समाएर नचाइएको थियो। हिमानी र पारस दुबैले हात समातेर नाच्दा सबैले ताली बजाएका थिए। ८ बजे सुरू पार्टी मध्यरात सकिएको थियो।

कमेन्टहरु
Loading...