सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनमा ७६ जना तेस्रो राउण्डमा

रेम बिक /पोखरा, २५ जेठ/सात सय ७० जनाबाट १ सय तीस । अनि १ सय ३० बाट जना । दुई चरण पुरा हुँदासम्म ७६ जना गायन प्रतिभाहरुले सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनको तेस्रो चरणमा प्रवेश पाएका छन् । दोस्रो चरणको अडिसनको पहिलो दिन र दोस्रो दिन ५४ जना तेस्रो चरणमा प्रवेश गरेका थिए । तेस्रो चरणमा प्रवेश पाएकाहरुले आगामी चरण छनौटका लागी जेठ २७ गते दिउँसो तीन बजेदेखि प्रतिस्पर्धा गर्दैछन् ।

IMG_0024फाईनल राउण्डसम्म पुग्नका लागी प्रतिस्पर्धीहरुले अझै १६ चरणको अडिसनमा प्रतिस्पर्धा गर्नुपर्ने एफएमले जनाएको छ । पहिलो चरणको अडिसनमा ४८ जिल्लाका गायन प्रतिभाहरुले आवेदन फाराम भरेका थिए । शनिबार एक विशेष कार्यक्रमको आयोजना गरि दोस्रो चरणको अडिसन समापन भएको थियो ।

चौथो सँस्करणको विग आईकनलाई मुख्य प्रायोजन गर्ने सामसुङ ग्यालेक्सी ग्राण्ड मोबाईलको नेपालस्थित ईन्टरनेशनल मार्केटिङ सर्भिसका मार्केटिङ म्यानेजर पुष्कल खतिवडाले विग आईकनसंगको सहकार्यबाट आफुहरु सन्तुष्ट भएको बताए । शनिबार दोस्रो चरणको अडिसनको समापन कार्यक्रमको क्रममा पोखरा आईपुगेका उनले प्रतियोगीहरुलाई सफलताको शुभकामना समेत दिएका थिए ।

उनले १२ वर्षिय प्रतिभा असिम पाण्डेसंगै गीत गाउनुका साथै उनलाई पाँच सय रुपैया नगद समेत हस्तान्तरण गरेका थिए । सामसुङले आगामी दिनमा पनि विग एफएमसंगको सहकार्यलाई निरन्तरता दिने उनले जानकारी दिए । उनले विग एफएमसंगकै सहकार्यमा सामसुङ कम्पनीकै उत्पादन सामसुङ ग्यालेक्सी स्टार मोबाईलको प्रायोजनमा विशेष कार्यक्रम गर्ने जानकारी दिए ।

निर्णायकहरुका अनुसार भने यसपालीको प्रतियोगिता निकै पेचिलो बनेको छ । तेस्रो चरणमा आईपुगेका प्रतिस्पर्धीहरुले निकै मेहेनत गर्नुपर्ने निर्णायकहरुले बताएका छन् । चौथो सँस्करणको विग आईकनमा संगीतकर्मी सुनील थापा र गायक विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् । यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ ।

चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ । उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका छन् ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्प्लेक्स न्युरोड रहेको छ । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका छन् । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका छन् भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको छ । प्रतियोगिताको अनलाईन पार्टनरको रुपमा कस्तो रमाईलो डटकम र एजुकेशनसंसार डटकम रहेका छन् ।

कमेन्टहरु
Loading...