गुप्तकालीका मन्दिरमा घटस्थापना, लोपउन्मुख सरुङ खेल फुलपातीमा प्रर्दशन हुने

पोखरा १५ असोज /कास्कीकोटमा रहेको गुप्तकालीका मन्दिरमा विधिवत रुपमा मन्दिर प्रवेश गरी घटस्थापना गरीएको छ । पुजारी र वाणादारहरुले संयुत्त रुपमा वैदीक तथा तान्त्रीक पुजा गरेर गुप्तकालीका मन्दीरमा सत्रौ शचाव्दीका हात हतियार तथा विभिन्न वाजा ठुलधोप सान धोप नगरा सहित विश्व शान्ती को कामना गर्दे घटस्थापना गरीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले वताउनु भयो ।

वडा दशैको दश दिन सम्म मन्दीरमानै वसेर पुजमहुने गुप्तकालीका मन्दीरमा फुलपातीका दिन पोखराको रामघाट वाट लगेका फुल पत्रहरुको विशेष तरीकाले वढाइृ गरेर मन्दीरमा प्रवेश गराइने पुजारी कृष्ण प्रसाद उपाध्याले वताउनु भयो ।

नेपालमै लोप उन्मुख मालश्री गाएन र कुवर जातीको सरुङ खेलको फुलपातीमा विशेष प्रर्दशन गरीने गुप्तकाली कश्यप धार्मीक क्षेत्र विकास समितीका अध्यक्ष दिलीप विक्रम शाहीले वताउनु भयो । गुप्तकाली मन्दीरमा दशै उत्सव आयोजना गरिएको हुनाले उपस्थीतीका लागी श्रदालुभक्त जनहरुलाई अनुरोध समेत गरीएको छ।

कमेन्टहरु
Loading...