विश्व मुटु दिवसमो साइकल सिटीको हाजिरी जवाफ

पोखरा, १४ असोज/विश्व मुटु दिवसको उपलक्ष्यमा जयन्ति स्मृति प्रतिष्ठान र साइकल सिटी पोखराले बिभिन्न बिद्यालय बिच हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा १० विद्यालयका ३० जना विद्यार्थीको सहभागीता थियो ।
सो प्रतियोगितामा प्रथम छोरेपाटन मा.वि., द्वितिय तालबाराही मावि र तृतीय बाराही मावि भएका थिए । बिजेता बिद्यालयलाई ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका सुपरिटेण्डेन श्रीकृण्ण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा मुटुरोग बिशेषज्ञ डा.आशिष त्रिपाठीले मुटु कसरी बचाउन सकिन्छ भन्ने जानकारी दिनु भयो । जयन्ति स्मृति प्रतिष्ठानका सल्लाहकार आनन्द राज मुल्मी संस्थाले असाहय तथा गरिब मुटु रोगीलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट सहायता गरि आइरहेको जानकारी दिनु भयो ।

साइकल सिटी पोखराका सल्लाहकार ईश्वर कर्माचार्यले साइकल र मुटु अति एक आपस सहयोगी हुन किनकि साइकल चलाउनाले मुटु स्वस्थ्य हुने र हालै मुटु सम्बन्धित भएर जयन्ति स्मृति प्रतिष्ठानसंग साइकल सिटी पोखराले गत असोज ८ गते सातसय ३५ जनाको सहभागी रहेको टुर दि पोखरा भब्य रुपमा सम्पन्न गरेको स्मरण गराउनु भयो । फिष्टेल लजका प्रतिनिधि गिरिधर शर्माले फिष्टेल लज मात्र यस्तो नेपालको होटेल हो ।

जसले आफना आम्दानीहरु सामाजिक कार्यमा लगानी गरेको बताउनु भयो । नेपाल बिकाश समाजका हरि पोखे्ल ,जयन्ति स्मृति प्रतिष्ठानका प्रोग्राम तथा कम्युनिकेशन मेनेजर सिताष्मा शाहले पनि आ आफनो मन्तब्य राखेका थिए । कार्यक्रम जयन्ति स्मृति प्रतिष्ठानका पोखरा प्रतिनिधि सबिता मैनालीले संचालन गरेका थिए भने हाजिर जवाफ प्रतियोगिता साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्य संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...