किवानिस क्लब अफ पोखराको अध्यक्षमा नबिन पौडेल

पोखरा, १४ असोज /अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब पोखरामा गठन भएको छ । विभिन्न क्षेत्रका युवाहरुको हालै बसेको भेलाले नबिन पौडेलको अध्यक्षतामा किवानिस क्लब अफ पोखरा गठन गरेको हो । आगामी वर्षको अध्यक्षमा आशिस सिंह चयन भएका छन् ।

नबिन पौडेल
नबिन पौडेल

क्लबको प्रथम उपाध्यक्षमा राजन पन्त, सचिवमा स्वतन्त्र न्यौपाने, सहसचिवमा निराजन उपाध्याय, कोषाध्यक्षमा विष्णुहरि न्यौपाने र सहकोषाध्यक्षमा तोयानाथ आचार्य चयन भएका छन् । क्लबको मेम्बरसिप चेयरपर्सनमा श्यामसुन्दर ढकाल र ध्रुवराज तिवारी तथा पब्लिक रिलेसन अफिसरमा विकास भुर्तेल र सुरेन्द्र पौडेल चयन भए । सदस्यहरुमा श्याम सुन्दर ढकाल, अम्बर सुवेदी, गणेशप्रसाद आचार्य, ज्ञानबहादुर पुर्जा, अशोक पौडेल र सुवास तिवारी चयन भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

किवानिस क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । किवानिस क्लब अफ पोखराले पनि सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् । क्लबको आगामी बैठकले सदस्यहरु मध्येबाट ४ जना डारेक्टर चयन गर्ने सचिव स्वतन्त्र न्यौपानेले जानकारी दिए । बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने न्यौपानले बताए ।

कमेन्टहरु
Loading...