टेनिसको उपाधिका लागि कायस्थ र थापा भिड्ने

पोखरा, १४ असोज /विनोद कायस्थ र निरज थापा पोखरा रंगशालामा जारी तेश्रो नेप्लिज इन्काउण्टर कप पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विनोदले डा.देव थापा र निरजले राजन पौडेललाई पराजित गर्दै अन्तिम दुईमा आफ्नों स्थान सुरक्षित पारे ।

टेनिसको उपाधिका लागि कायस्थ र थापा भिड्ने
टेनिसको उपाधिका लागि कायस्थ र थापा भिड्ने

डा. देवमाथि पहिलो सेट ६–० को नतिजा निकालेका कायस्थले दोश्रो सेटमा भने निकै संघर्ष गर्नुप¥यो । ड्युज र एड्भाण्टेजमा लम्बिएको दोश्रो सेट कायस्थले ७–५ ले आफ्नों पक्षमा पार्दा एक वर्ष अघि टेनिसमा छिरेका डा.देवको छुट्टै प्रशंसा चलेको थियो । डा.थापाले यो प्रतियोगितामा सूर्य शाहि र लोक गुरुङ्गजस्ता खेलाडीलाई पराजित गर्दै आफुलाई उदयमान खेलाडीको दर्जामा अब्बल सावित गरे ।

राजन र निरजविचको दोश्रो सेमिफाइनलको नजिता पनि पहिलो सेमिफाइनलकै जस्तो आउने देखिएपनि तर त्यस्तो भने भएन । पहिलो सेटमा ६–० को हार व्यहोर्दे फितलो प्रदर्शन गरेका राजनले दोश्रो सेटमा सानदार ‘कमब्याक’ गर्दै थापामाथि ७–५ को नतिजा निकाले । तर तेश्रो सेटको खेल सुपरटाईमा १०–७ ले पराजित भएपछि दोहोरो उपाधी आफ्नों नाम गराउने राजनको सपना चकनाचुर भयो । उनी डबल्सतर्फ पनि फाइनलमा पुगेका छन् ।

लोक गुरुङ्गलाई जोडि बनाएका राजन उपाधीका लागि दोर्जे लामा र अनिल तुलाचनको जोडिसंग प्रतिस्पर्धामा उत्रने छन् ।
शनिबार बिहान पोखरा रंगशालामा हुने प्रतियोगितामा एकलतर्फको विजेताले नगद १५ हजार, ट्रफि तथा दोश्रो हुनेले नगद ८ हजार, ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै डबल्सतर्फ विजेताले नगद १० हजार ट्रफि र दोश्रो हुने टिमले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक नारायण पहारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...