वल्र्डलिङ्कको फाइबर इन्टरनेट जडानमा दशै तिहारमा अफरै अफर

पोखरा १४ असोज /विगत १५ वर्षदेखि पोखरा र आसपासमा इन्टरनेट सेवा प्रदान गर्दै आएको वल्र्डलिङ्क प्रा.लि.ले ग्राहकहरुलाई मध्येनजर गर्दै फाइबर इन्टरनेट सेवामा विशेष छुट दिने भएको छ ।

घरघरमा फाइबर इनटरनेट भन्ने मुल नाराका साथ अगाडी वढेको वल्र्डलिङ्क प्रा.लि.ले नेपालीहरुको महान पर्व दशै तिहारलाई लक्षित गरी आफ्नो सेवा विस्तार संगै फाइबर इन्टरनेट सेवा जडानमा बिशेष छुटको योजना ल्याएको छ ।

विश्व स्तरिय उच्च प्रविधीको फाइबर इन्टरनेट Ftth (फाइबर टु दी होम) सेवा ५ एमबीपिएस मात्र १८ सय रुपैयामा आईपी टिभीको सुविधा सय भन्दा वढी टेलिभिजन च्यानल सहित दशै तिहार विशेष छुट योजना ल्याएको वल्र्डलिङ्क प्रा. लि. पोखरा शाखाका प्रमुख युशफ श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले पोखरा उपमहानगरपालिकाको १२ माटेपानी क्षेत्र र १३ नम्बर बांझापाटन, गौडामुख क्षेत्रमा फाइबर इन्टरनेट सेवा जडान सम्पन्न भएको र सो स्थानहरुमा विश्वस्तरिय उच्च प्रविधिको फाइबरबाट इन्टरनेट संगै टिभी च्यानलका साथ यो सेवा प्रदान गरिसकेको र दशै तिहारको अवसरमा फाइबर इन्टरनेट जडान गर्ने ग्राहकलाई बिशेष छुट प्रदान गरिने वताए ।

फाइबर इन्टरनेट मार्फत ग्रहाकहरुले इन्टरनेट संगै टेलिभिजन पनि हेर्न सक्ने र दशै तिहारलाई लक्षित गरी आफुहरुले फाइबर इन्टरनेटमा विशेष छुटको योजना ल्याएको उनको भनाइ रहेको थियो । वल्र्डलिङ्क प्रालिले यसअघि पोखराको न्युरोड, नयाबजार, रामबजार, लेकसाइड, सिमलचौर लगायतका क्षेत्रमा फाइबर सेवा अन्तर्गत ग्राहकहरुलाई इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । प्रालिले आगामी दिनमा पोखराको अमरसिंह चोक, बगर, रानीपौवा, पस्र्याङ, बाटुलेचौर, सिमपानी र लामाचौरमा फाइबर मार्फत इन्टरनेट सेवा प्रदान गर्ने योजना बनाएको छ ।

कमेन्टहरु
Loading...