जनकवि थापाको स्वास्थ्यमा सुधार

पोखरा, २५ जेठ/आज मादल बजेको किन, श्रीमा श्री नि कान्छा बतासै चल्यो । चर्चित लोकगीतका संकलक जनकवि केशरी धर्मराज थापा यतिबेला पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्ष(आईसियु)मा स्वाथ्य लाभ गरिरहेका छन । देब्रे तर्फ प्यारासाईसिसबाट पीडित जनकविको अकस्मात उच्च रक्तचाप भएपछि अस्पताल भर्ना भएका हुन् । पोखराको फेवासिटी हुदैं पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसियुमा उपचाररत थापाको अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको आफन्त मोहन थापाले जानकारी दिए ।

Dharmaraj thapa‘स्वास्थ्यमा क्रमिक सुधार आएको छ । रक्तचाप घट्दै गएको छ ।’ उनले भने–‘अघिल्ला दिनमा भन्दा सुधार छ केही दिनमै रक्तचाप नियन्त्र ण हुने विश्वास चिकित्सकले गरेका छन् ।’ नेपाली लोकसंगीत क्षेत्रका उज्जल नक्षत्र जनकवि थापाको लोकगीत निकै लोकप्रिय र कर्णप्रिय छन् । असार आउनै लाग्दा नेपाली किसानले उनका गीत सम्झिएका छन् । ‘हरियो डाडाँमाथि हलो जोत्ने साथी, हो हो माले होहो हो हो तारे होहो’ ।

नेपाली लोकसंगीतको स्वर्णिम युगको रुपमा समेत रुपान्तरण गर्न सघाउ पु¥याएका थापाको –‘नेपालीले माया मारे बरिलै, हाम्रो तेन्जिङ शेर्पा चढ्यो हिमाल शिखर, श्रीमा श्री नि बतासै चल्यो’ सर्वाधिक लोकप्रिय गीतहरु हुन् । मंगली कुसुम नामक पुस्तकबाट थापाले मदन पुरस्कार प्राप्त गरे । थापाका एकसयभन्दा बढी पुस्तक प्रकाशित भईसकेका छन् ।

लोक संगीतको जर्गेना गर्न थापा भारतमा रहेका प्रवासी नेपाली भएको सम्पूर्ण स्थानको भ्रमण गरेका थिए भने चीनमा समेत पुगेर संगीत संकलन गरेका थिए । १९८१ को श्रावणमा पोखराको बाटुलेचौरमा जन्मिएका थापाले २०१३ सालमा राजा महेन्द्रबाट जनकवि केशरीको उपाधि पाएका थिए ।

कमेन्टहरु
Loading...