पोखरामा सवारी जामको बढ्यो, नयाँ सवारी थपिएंसँगै पोखरामा जामैजाम

पोखरा, १४ असोज/पोखरामा एक महिना यता सवारीहरुको चापले गर्दा सवारी जाम हुने समस्या दिनदिनै बढिरहेको छ । पोखराका पृथ्वीचोक, सृजनाचोक, महेन्द्रपुल बढी सवारी जाम हुने क्षेत्रमा देखिन थालेको छ । सवारी जाम हुनुको मुख्य कारणनै पोखरामा नयाँ सवारी थपिनु हो ।

माईक्रोबस व्यवसायी समितिहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण थपिने सवारी संख्यामा बृद्धि भएको यात्रु तथा सरोकारवालाहरुको भनाई छ । पोखरामा बढ्दो सहरीकरणसँगै सवारीको चाप बढ्नुले यात्रुहरुलाई हिड्डुल गर्न समेत गाह्रो भएको छ ।

कास्कीका ट्राफिक कार्यालयका प्रमुख विश्वराज अधिकारीले अन्य वर्षको तुलनामा यो वर्ष सवारी चापमा अवश्य बृद्धि देखिन्छ । प्रमुख अधिकारीले भने, सवारी चापको बृद्धिसँगै पोखराका मुख्य चोकहरुमा सवारी जाम हुनुले पैदल यात्रुहरुलाई हिड्डुल गर्न समेत समस्या परेको छ । केही वर्षपछि काठमाण्डौँ उपत्यकाको जस्तै समस्या यहाँ नहोला भन्न सकिदैन । किनकि बस व्यवसायीहरुको नयाँ गाडी थप्ने क्रम जारी हुनु र बाहिर तिरका सवारी पोखरा प्रवेश गर्ने क्रम बढेकाले सवारी जामको समस्या देखिएको हो ।

अधिकारीले भने, ठूला चाड दशैँ र तिहार नजिकिंदै गर्दा सवारी चाप बढेको हो । चापसँगैे सवारी जामको समस्या थपिएको छ । केही महिनापछि यो समस्या बिस्तारै हल हुन्छ । ट्राफिक प्रहरीहरुको भनाईअनुसार पोखराका सडक र चोक व्यवस्थित नहुनु जथाभाबि सडकमा खाल्डा पर्नुले पनि सवारीलाई आवतजावतमा समस्या भएको छ । त्यस्तै सवारीहरुलाई नियन्त्रण गर्ने सम्बन्धित निकायहरुले पनि आफ्नो जिम्मेवारी समयमै निर्वाह नगर्दा सवारी जाममा समस्या देखिएको छ ।

पोखरामा यस्तो शहर हो, जहाँ सवारीलाई संकेत गर्ने ट्राफिक लाईटको समेत व्यवस्था भएको छैन । २ वर्ष अघि मुख्य सहरमा ट्राफिक लाईट राख्ने व्यवस्था भएपनि अहिले ती ट्राफिक लाईट संचालन नहुँदा झन् समस्या थपिएको छ ।

कमेन्टहरु
Loading...