सातौ राष्ट्रिय खेलकुदका लागि कास्कीमा खेलाडी छनोट

पोखरा, १३ असोज/सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्की जिल्ला स्तरीय खेलाडी छनोट सुरु भएको छ । पोखरा रगंशालामा सुरु भएको छनौट अन्तरगत बिहीबार क्रिकेट र भारत्तोलनको खेलाडी छनोट सम्पन्न भएको छ ।

क्रिकेटका लागि अरुण अधिकारी, अनिल गुरुङ, विधान श्रेष्ठ, सुदिप पौडेल, अगिन्द्र छन्त्याल, शसी दुवे, कमल थापा, जितेन्द्र गुरुङ, अमृत गुरुङ, राजु थापा, सुभम यादव, विष्णुप्रसाद शर्मा, प्रविन ढकाल, विपिन खत्री, सन्तोष शर्मा, मेघनाथ खनाल, विज्ञान विष्ट, अमन रेग्मी छनोट भएका छन भने प्रशिक्षकमा दिपेश खत्री र करण केसी रहेका छन् ।

त्यस्तै भारत्तोलन तर्फ टिकामाया गुरुङ, पुनम परियार, सन्ध्या पुन, भोजबहादुर भुजेल, धनबहादुर झाँक्री मगर, महेन्द्र क्षेत्री, तहेरीम फहिम, पुष्कल थापा छनोट भएका छन् । प्रतियोगिताका लागी महिला भलिबल तर्फ मन्जु गुरुङ, मान्ती आले, शसि चौधरी, ममता डगौरा, जयन्ती गुरुङ, सुस्मिता गुरुङ, रुपा थापा, सिता शर्मा, सरस्वती सुनार र पुष्प नेपाली छनोट भएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

कमेन्टहरु
Loading...