नेपाल टेलिकमको चाडबाडको छुट यस्तो छ –

पोखरा, १३ असोज /नेपाल टेलिकमले दशैं, तिहार तथा छठका अबसरमा टेलिकमको सेवामा विभिन्न छुटको घोषणा गरेको छ । टेलिकमले विभिन्न सेवाहरुमा फरक फरक छुटको घोषणा गरेको हो ।

एसएमएस अफर

हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क १ रूपैयाँ भएकोमा असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ ।

डाटा अफर

जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई डाटा अफर प्रदान गरिएको छ । त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । सो अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा ५० रूपैयाँमा र २५० एमबीको डाटा १ सय रूपैयाँमा उपलब्ध गराइने छ ।

१०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।

नाइट डाटा अफर

जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर ल्याएको छ । राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रूपैयाँमा ५०० एमबी र ८५ रूपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने छ ।

भ्वाइस कलमा छुट

जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा अहिलेको महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ । प्रिपेड मोबाइलबाट प्रति मिनेट १ रुपैया ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

टेलिफोनमा थप सय कल फ्रि

कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवामा २ सय रूपैयाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा असोज र कात्तिक महिनाको मासिक महसुल २ सय रूपैयाँमा थप १ सय लोकल कल उपलब्त्र गराएको छ ।

कमेन्टहरु
Loading...