राष्ट्रिपति विद्यादेवी भण्डारीबाट सत्यमोहन जोशीलाई पुरस्कार

सागर राज तिमिल्सिना
पोखरा, १३ असोज/पोखरा स्थापना भएको हेम देवी धर्म, सस्कृति तथा समाजसेवा पुरस्कारबाट सस्कृति शिरोमणी सत्यमोहन जोशीलाई सम्मानीत हुनु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेम बहादुर प्रधानद्धारा स्थापित र समितिबाट सञ्चालीत पुरस्कारबाट जोशीलाई राष्ट्रिपति विद्यादेवी भण्डारी सम्मान गर्नु भएको हो । नगद एक लाख एक हजार रुपैया, दोसल्ला र सम्मानपत्रले राष्ट्रिपतिले सम्मान गर्नु भयो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गरेको पुरस्कार पहिलो पटक वितरण गरेको हो । धर्म संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै उनलाई सम्मान गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । ब्यक्ति वा संस्थालाई प्रत्येक दुई बर्षमा प्रदान गर्ने गरी पुरस्कार स्थापना गरेको उनले बताए ।

राष्ट्रिपति विद्यादेवी भण्डारीबाट सत्यमोहन जोशीलाई सम्मान गरि पुरस्कार वितरण गर्दै । तस्विर ः सञ्जय शाक्य
राष्ट्रिपति विद्यादेवी भण्डारीबाट सत्यमोहन जोशीलाई सम्मान गरि पुरस्कार वितरण गर्दै । तस्विर ः सञ्जय शाक्य

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिपति भण्डारीले विन्ध्यवासिनी मन्दिरलाई गुरु योजना बनाई विकास गर्नु पर्ने बताइन् । उनले सस्कृतिको संरक्षण गर्दै अगाडी बढ्न सकेमा स्वादेशी तथा विदेशी पर्यटकलाई ल्यान सकिने बताइन् । समितिले धार्मिक एवं सस्कृतिको संरक्षणमा अझ लाग्नु पर्ने बताइन् ।

कार्यक्रममा सत्यमोहन जोशीले २००१ सालमा तँनहु, कास्की र स्याङजामा काम गरेको स्मरण गर्दै त्यही ठाउँमा सम्मानीत हुदा खुसी लागेको बताए । पहिले र अहिले हेर्दा धेरै परिर्वतन पाएको बताए । उनले पोखरा एकै दिनमा बनेको सहर नभएको बताउदै ठुलो मिहिनेले बनेको सहर भएको बताए । उनले धर्म र सस्कृतिको सरक्षण गर्दै अगाडी बढे कै ले पोखरा सहर अहिले राम्रो सहर भएको बताए । सास्कृतिक विविधताले नै नेपालको राष्ट्रियता बलियो हुने बताए । उनले राजनैतिक परिर्वतन भए पनि सास्कृतिकलाई संरक्षण गरेर अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा समितिको सचिब तिर्थ श्रेष्ठ, पुरस्कार स्थापना गर्ने हेमबहादुर प्रधान, सदस्य कृष्णमोहन श्रेष्ठ लगाएतले पुरस्कार स्थापनाका बारेमा जानकारी दिएका थिए । समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको संयोजकत्वमा गठिन समितिले जोशीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । पुरस्कारको लागि १५ लाख रुपैयाको अक्षयकोष खडा गरि सञ्चालन गरेको हो ।

राष्ट्रिपति भण्डारीले बिहीबार नै पोखराको फेवातालमा जलकुम्भि हटाउने कार्यको सुरुवात गरेकी छन् । फेवाताल सफाइ अभियानको ६ औ श्रृखलाको उद्घाटन गरेकी हुन् । कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेलले फेवातालको अतिक्रमणको चपेटामा परेको भन्दै संरक्षणका लागि राष्ट्रिपतिलाई पहल गर्न अनुरोध गरे । राष्ट्रिपति भण्डारी बिहीबार नै पोखराबाट गोर्खाको मनकामना मन्दिरको पुर्ननिर्माणका शिलन्यास गरेर काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...