पोखरामा बुकमार्टको पुस्तक प्रदर्शनी मेला सुरु

पोखरा, १२ असोज /पोखराको गैह्रापाटन स्थित वुकमार्ट प्रा.लि.को आयोजनामा बुधबारदेखि दोश्रो प्ुस्तक प्रदर्शनी तथा शैक्षिक सामाग्री मेला पोखरामा सुरु भएको छ ।

असोज १८ सम्म चल्ने पुस्तक प्रदर्शनीको संसदको विकास समितिका सभापति एवम् सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे । अधिकारीले हरि ओझाद्वारा लिखित उपन्यास अर्धसत्यको विमोचन समेत गरेका थिए । कार्यकममा सांसद अधिकारीले पुस्तक प्रदर्शनी र प्रकाशन महत्वपूर्ण भएको भन्दै बौद्धिकताको विकासमा पठन र लेखन दुवै महत्वपूर्ण हुने वताए ।

सो अवसरमा प्राध्यापक लक्ष्मीशरण अधिकारीले उपन्यासमा लेखक हरि ओझाको लेखकीय परिचय प्रस्तुत गर्दै लेखनमा विषयगत पु्नराबृति नहुन सकारत्मक पक्ष भएको बताए । प्राध्यापक रधुनाथ अधिकारीले पुस्तकका सकारात्मक र नकारात्मक पक्षका बारेमा समिक्षा गरेका थिए । वुक मार्ट प्रा. लि. का प्रवन्धक बेद प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रवन्धक इश्वर पौडेल र संचालन रामजी पोख्रेलले गरेका थिए ।

कमेन्टहरु
Loading...