घाचोकमा घटस्थापनाको दिन रक्तदान कार्यक्रम हुने

पोखरा, १२ असोज/कास्कीको उत्तर पश्चिमा अवस्थित रमणिय पर्यटकिय घाचोक गाउँमा असोज १५ गते घटस्थापनाको दिनमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

स्थानीय न्यू सनराईज युवा क्लवको आयोजनामा विजयादशमीको उपलक्ष्यमा मेघराज निमाविको प्राङ्गणमा हुने कार्यक्रमको तयारी स्वरुप प्रचार प्रसारलाई तिर्व वनाईएको क्लवका अध्यक्ष सुशिल जिसीले जानकारी दिए ।

रक्तदान कार्यक्रम शहर वजारमा मात्र केन्द्रित भएको अवस्थामा ग्रामिण क्षेत्रमा गरिने कार्यक्रमवाट रक्तदानको महत्व वारे जनमानसमा अझ वढी सकारात्मक धारणाको विकास भनाई अध्यक्ष जिसीको छ । गाउँमै पहिलोपटक आयोजना गरिएको कार्यक्रमलाई सफल वनाउन विभिन्न उपसमितिहरु गठन गरि कार्य विभाजन समेत गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा हुने कार्यक्रममा करिव ४० युनिट रगत संकलन गर्ने लक्ष्य रहेको रक्तदान कार्यक्रम संयोजक रुद्र रानाभाटले जानकारी दिए । वि.सं २०५६ सालमा स्थापना भएको क्लवले हालसम्म विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

कमेन्टहरु
Loading...