पोखरा, १२ असोज/संस्कृति र संस्कारको सबैले संरक्षण गर्नुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् , नेपाल पोखरा नगर समितिले आउँदै गरेको विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो ।
कार्यक्रमका शसस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपनिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले अहिलेका युवाशक्तिले धर्म–संस्कृति र संस्कारको संरक्षण गर्दै राष्ट्र विकासमा एक भएर लाग्नुपर्नेमा जोड दिए । सोही कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले वर्तमान परिवेशमा हाम्रा संस्कृति, परम्परा, रितिरिवाज, चाडपर्वको शुभकामना, आवश्यकता, औचित्य, यिनीहरूमाथि भइरहेको प्रहार, बढ्दो विकृति तथा संरक्षणको खा“चोका बारेमा आ–आफ्ना विचार राखेका थिए ।

परिषद्का कास्की जिल्ला सह–संयोजक परशुराम भण्डारीले विद्यार्थीहरूको तर्फबाट शुभकामना तथा आङ्खनो मौलिक संस्कार र संस्कृतिमा निहीत सिद्धान्तलाई विश्वव्यापी बनाउन विद्यार्थीहरू लाग्नुपर्ने बताए । परिषद्की पोखरा नगर अध्यक्ष श्रीमति दीपा शर्माज्यूको अध्यक्षता भएको कार्यक्रममा समाजसेवी टेकन गिरी, डा. लेखनाथ आचार्य, डा. काशीनाथ कण्डेल, वेदनिधि शर्मा, शंकर खराल, केशव भण्डारी, विष्णुहरि अधिकारी, देवबहादुर क्षेत्री, प्रेम साकार, प्रदीप गुप्ता र कपिल भट्ट लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
विद्यार्थी परिषद्का केन्द्रिय सदस्य बसन्त पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा परिषद्का शुभचिन्तचक प्रेम साकारले कार्यक्रमको विषयमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन परिषद्की पोखरा नगर सह–सचिव ज्ञानी गौतमले गर्नुभएको थियो ।