बिइङ ह्युमनको सो रुम पोखरा ट्रेड मलमा सञ्चालन

पोखरा, १२ असोज /विश्वविख्यात क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमन’को आधिकारीक सो रुम आज देखि पोखरामा सञ्चालामा आएको छ । सलमान खान फाउण्डेसन तथा यसको उत्पादक कम्पनी मन्धना इन्टस्ट्रिजसंग सहकार्य गर्दै ‘बिइङ् ह्युमन’को आधिकारिक सो रुम यस अगाडी काठमाण्डौमा सञ्चालन भइसकेको छ ।

सो सोरुमको आज पोखरा ट्रेड मलमा के.सी. समूहका निर्देक एवमं युवा उद्यमी प्रकाश के.सी.,बलिउडका चलचित्रमा समेत अभिनय गरेका चर्चित सुनिल थापाका साथ पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, बिइङ् ह्युमन नेपाल, वस्त्र इंक प्रा.लि.का अध्यक्ष राजु थापा तथा बस्त्र इंक प्रा.लि.कै निर्देशक पुर्ण बहादुर हमाल संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।

बिइङ ह्युमनको सो रुम पोखरा ट्रेड मलमा सञ्चालन
बिइङ ह्युमनको सो रुम पोखरा ट्रेड मलमा सञ्चालन

समारोहमा वस्त्र इन्कका निर्देशक राजु थापाले समाजसेवाका लागि कटिबद्ध बिइङ ह्युमन तथा यसको नेपालका लागि आधिकारिक सोरुम सञ्चालक वस्त्र इन्कले बिइङ ह्युमनको पहिलो आधिकारिक सोरुम सञ्चालनका दिनहरुमा अनाथ बालबालिकाका लागि कार्यरत संस्थालाई आवश्यक सामाग्रीहरु प्रदान गरेको mबताउनु भयो । सन् २००७ मा फ्रान्समा खुलेको पहिलो सोरुमपछि बेल्जियम, स्पेन, बहराइन, दोहा, जेद्धाह, कुबेत, जोर्डन, संयुक्त अरब, पाकिस्तान, रियाध, भारत आदिपछि नेपाल ‘बिइङ् ह्युमन’को सो रुम सञ्चालन गर्ने पन्ध्रौं मूलुक भएको छ ।

शिक्षा र स्वास्थ्यका लागि मुनाफा खर्चिदैं आएको ‘बिइङ् ह्युमन’को मूल अवधारणालाई पछ्याउ“दै वस्त्र इन्कले पनि ‘बिइङ् ह्युमन’का ब्राण्डको बिक्रिबाट आउने मुनाफाको केही हिस्सा (दश प्रतिशत) नेपालकै शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग स्वरुप प्रदान गर्नेछ । वस्त्र इन्कले ‘बिइङ् ह्युमन’को हरेक शाखामा कम्तिमा एकजना अशक्त तथा अपाङ्लाई रोजगारी प्रदान गरिरहेको छ ।

‘बिइङ् ह्युमन’ ब्राण्डका तयारी पोशाकहरुमा महिला पुरुष, बालबालिका तथा बृद्धबृद्धाका लागि हुने ज्याकेट, टिसर्ट, हुड, सर्ट, पाइन्ट, मोजा, अण्डर गार्मेन्टस, चप्पल, जुत्ता, क्याप आदि रहेका छन् । भारतका ५० ठाउमा सो ब्रान्डका सखा रहेका छन भन्ने बिश्वका १० राष्ट्रमा समेत सो ब्रान्डका शाखा सञ्चालमा आएका छन । उद्धाटका पोखरामा बिभिन्न छुटका प्याकेज कम्पननिले दिएको कँपनीका अध्यक्ष थापाले वताउनु भयो ।

कमेन्टहरु
Loading...