२०१८ का लागि डिभी चिट्ठा असोज १८ बाट खुल्ने

काठमाडौँ, १२ असोज /अमेरिकाले सन् २०१८ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठा असोज १८ गते मंगलबार देखि खोल्ने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले बुधबार सूचना जारी गर्दै आगामी १८ असोजको राती पौनो दश बजेदेखि डिभीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो।

दूतावासका अनुसार डिभी चिट्ठाका लागि कात्तिक २२ गते रातको पौने एघारसम्म आवेदन दिन सकिनेछ। करिब एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिने सुझाव दिएको छ।

सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा  (ई डि भी) आवेदन फारम भर्न सक्नेछन्। यसको नतिजा सन् २०१७ मे २ ९२०७४ वैशाख १९० मासार्वजनिक हुने पनि दूतावासले जनाएको छ।

कमेन्टहरु
Loading...