पोखरामा रोटरी सम्मेलन, प्राविधिक शिक्षा आजको आवश्यकता ः राष्ट्रपति

पोखरा, १२ असोज /राष्ट्रपति विद्यादेवी भण्डारीले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल र भुटानको आयोजनामा पोखरामा भएको नेशनल कन्फरेन्स अन लिटरेसी र वास इन स्कुलको सम्मेलन उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालका महिला र बालबालिका अझै पनि शिक्षाको अवसरबाट वञ्चित भएका छन् भन्नुहुँदै महिला साक्षरताका लागि रोटरी इन्टरनेशनलले लिएको कदमलाई सरकारले गहनरुपमा लिएको बताउनुभयो । उहाँले शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजान शिक्षक तालिमदेखि शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक प्रयासको खाँचोमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले स्वास्थ्यका कारण आमा र शिशुको पोषण र स्याहार सुसारमा समेत गम्भीर प्रभाव परेकोले सरसफाइ र पोषणयुक्त खाद्यान्नको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । शुद्ध पिउनेपानीको अभाव र अव्यवस्थित शौचालयको कारण फैलिँदै गएको रोगको रोगथामका लागि सरसफाइ अभियान प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

वहाँले नेपाल प्राकृतिक र मानवीय स्रोतसाधनमा धनी भएकोले उचित श्रोत साधन प्रयोग गरी विदेश लगानी भित्राउन रोटरी इन्टरनेशनलले सेतुको भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । नेपाललाई पूर्ण साक्षरता बनाउने रोटरी इन्टरनेशनलको अभियानअन्तर्गत नेशनल कन्फरेन्स अन लिट्रेसी एण्ड वास इन स्कुलविषयक राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, बेलायत, अष्टे«लियालगायत देशका करिब ४ सय ५० जना रोटरियन र यस विषयसँग सम्बन्धित सरकारी तथा गैरसरकारी क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ । सम्मेलन २ दिनसम्म चल्ने छ

कमेन्टहरु
Loading...