भारत र पाकिस्तान तनावले सार्क शिखर सम्मेलन नहुने

काठमाडौ, १२ असोज /नोभेम्बर पहिलो सातमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी सार्ककको अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो ।

कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको आजको अन्नपूर्णमा समाचार छ । भारत नियन्त्रित कास्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत पाकिस्तान सम्बन्ध थप कटुतापूर्ण बनेको छ ।

भारतले उक्त आतंककारी हमलामा पाकिस्तानको हात रहेको बताएको छ भने पाकिस्तानले त्यसको खण्डन गरेको छ ।सार्ककका महत्वपूर्ण दुई सदस्य मुलुकबीच बढ्दो तनावले सम्मेलन तोकिएको मितिमा नहुने भएको हो । भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सार्कको अध्यक्ष मुलुक नेपाललाई सार्क शिखर सम्मेलनमा भारत सहभागी हुन नसक्ने अवगत गराइएको छ ।

कमेन्टहरु
Loading...