आर्वा विजय माविमा बराल

पोखरा, २५ जेठ /आवां विजय माध्यमिक विद्यालय ढाँडवेशी कास्कीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रीनाथ बराल पुन निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अभिभावक दिवसले बरालको अध्यक्षतामा व्यवस्थापन समिति चयन गरेको हो । समितिका सदस्यहरुमा हरि बराल, दुर्गाबहादुर गुरुङ, तौमाया गुरुङ, हिमलाल बराल, गौरी अधिकारी, तारादेवी बराल र विश्वराज पंगेनी चयन भएका छन् ।

त्यस्तै, सदस्य सचिवमा शिवराज पौडेल चयन भएको विद्यालयले जनाएको छ । साथै शिक्षक अभिभावक संघको अध्यक्षमा लालबहादुर नेपाली, सदस्यहरुमा शिवप्रसाद बराल, पदमबहादुर नेपाली, शिवकुमारी पराजुली र डिलमाया घले चयन भएका छन् । जिल्ला शिक्षा कार्यालय कास्कीका उपसचिव केदारराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रोत व्यक्ति नवराज पौडेल, गाविस सचिव मोहनप्रसाद पौडेल लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...