राष्ट्रिपति विद्यादेवी भण्डारी पोखरा आउने, पाँच कार्यक्रम तय

सागर राज तिमिल्सिना
पोखरा, १२ असोज /राष्ट्रिपति विद्यादेवी भण्डारी बुधबार पोखरा आउनु हुने भएको छ । पोखरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रिपति भण्डारी पोखरा आउन लाग्नु भएको हो ।

बुधबार बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा आउने कार्यक्रम रहेको राष्ट्रिपतिका पे्रस विज्ञ माधव शर्माले जानकारी दिनु भयो । राष्ट्रिपति भण्डारी बुधबार बेलुका पोखरामा बस्ने र बिहीबार पनि कार्यक्रममा सहभागी हुने कार्यक्रमा रहेको छ ।

बुधबार पोखरा आएपछि भण्डारी बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल (पोखरा – कोमागाने) लाई जिल्लास्तरको मातृशिशु मितेरी अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि आज नै २ बजे रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को आयोजनामा हुने नेशनल कन्फरेन्स अन लिटरेसी वास इन स्कुलको उद्घाटन गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।

त्यसै गरि बिहीबार पोखराको विन्ध्यवासीनी मन्दिरमा बिहान सम्मान कार्यक्रमा सहाभागी हुने र १० बजे फेवातालको अवस्थाको अवलोकन गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिए । त्यसै गरी बिहीबार नै कास्कीको लुम्लेमा रहेको कृषि अनुसन्धान केन्द्रको अवलोकन पछि काठमाडौ फर्किने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...