पोखरा, ११ असोज/पोखराको लेकसाइडमा असोज ४ देखी जारी दोस्रो खुल्ला स्नुकर टुर्नामेन्ट पोखराको उपाधि पोखराका दिलिप कुँवरले हात पारेका छन् ।
स्नुकर खेलप्रति समाजको धारणा परिवर्तन गर्नका लागी सोम बि.कले आयोजना गरेको स्नुकर टुर्नामेन्ट पोखराको लेकसाइडमा रहेको माक्र्यु स्नुकर क्लबमा सञ्चालित प्रतियोगितामा पोखरा नालामुखका नवीन रानालाई बेस्ट अफ नाइनमा ५(० को अन्तरले पराजित गर्दै ४० हजार नगद सहित शिल्ड प्राप्त गरेका हुन् ।
त्यस्तै प्रतियोगितामा दोस्रो र तेस्रो हुँदै नवीन राना ,महेन्द्र नेपालीले क्रमश २० , १० हजार र शिल्ड प्राप्त गरे । सान्त्वना भएका विकास महर्जन प्रतियोगिता सञ्चालन अवधिभर मार्करको भूमिकामा रहेका दीपेन्द्र तामाङ ,प्रकाश गिरी र विश्वास गुरुङलाई सम्मान गरिएको थियो । टुर्नामेन्टमा पोखराभरका १० समुहका ६४ जना प्रतिस्पर्धीले सहभागिता जनाएको टुर्नामेन्ट संयोजक सोम बिकले जानकारी दिए ।