उद्योग र पर्यटन हातेमालो गर्ने प्रतिबद्धता

पोखरा, ११ असोज : पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विश्वशंकर पालिखेले समग्र पश्चिमाञ्चल क्षेत्रको पर्यकीय विकास तथा प्रबद्र्धनका लागि आफू प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाएका छन् ।
होटल संघद्वारा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीको स्वागत तथा बधाई कार्यक्रमका अवसरमा हालै आयोजित छलफलमा बोल्दै पालिखेले पर्यटन क्षेत्रले जुन विश्वासका साथ आफूलाई पोउवासंघको अध्यक्षमा निर्वाचित गर्न साथ दियो त्यसलाई आफू मनन गरेर अगाडि बढ्ने बताए । “तपाइँहरुको विश्वास टुट्न दिने छैन,”पालिखेले भने– तर अगाडि बढ्न तपाइँहरुको साथ मलाई चाहिन्छ ।

उद्योग र पर्यटन हातेमालो गर्ने प्रतिबद्धता
उद्योग र पर्यटन हातेमालो गर्ने प्रतिबद्धता
होटल संघका पूर्व अध्यक्ष समेत रहेका पालिखेले आफू २५ वर्ष अघि होटल क्षेत्रमा आएको स्मरण गराउँदै विगतको दश वर्षे द्वन्द्वका अवसरमा राज्यको सहयोग नहुँदा समेत पर्यटनलाई बचाउनुपर्छ भनेर ¥याली निकाल्ने व्यक्ति आफू भएको स्मरण गरे । सो अवसरमा उनले उत्तरी नाका कोरला स्थायी रुपले खोल्न सबैले दबाव दिनुपर्ने बताउँदै नाका खुल्न सके पर्यटनले फड्को मार्ने दाबी गरे ।
पोखरामा नयाँ विमानस्थल बनाउन आफू निरन्तर लागि रहेको बताउँदै उनले दशैं पछि तीव्र गतिमा यसको काम अगाडि बढ्ने खवर आफूले चिनिया उच्च अधिकारीबाट पाएको जानकारी दिए । जारी हरियो प्लेटका पर्यटन सवारीमा नेपाल चढ्न पाउने नपाउने जुन विवाद निकाल्न खोजिएको छ यसको अन्त्य र उचित निकासका लागि आफू लागिरहेको बताउँदै उनले देशविदेशमा पोखरा प्रवद्र्धनका लागि जान कोही पनि पर्यटन व्यवसायी हिच्किचाउन नहुने भनाई राखे ।
पालिखे लगायतलाई संघका पदाधिकारीलाई माला लगाएर बधाई दिंदै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले होटलकर्मी तथा समग्र पर्यटन व्यवसायीहरु उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भनाई राखे । पालिखेको नेतृत्वले पर्यटन क्षेत्रमा आसाका नयाँ किरण छरेको अध्यक्ष पराजुलीले बताए । होटल संघका संस्थापक अध्यक्ष रमेशवहादुर भट्टराईले पोखरालाई स्मार्ट सिटी बनाउने र कोरला नाका खोल्नेतर्फ सबैको जोड हुनुपर्ने सुझाव राखे । पोउवासंघका पूर्व अध्यक्ष अशोक पालिखेले पोखरालाई वेवास्ता गरेर पर्यटन अगाडि बढ्न नसक्ने बताउँदै पोउवासंघमा पर्यटन सेल बनाएर यस क्षेत्रको प्रवद्र्धन गर्न सकिने भनाई राखे ।
होटल संघका सल्लाहकार बच्चुराम तिवारीले पोखरा विकास प्राधिकरणको प्रस्ताव राखे । राष्ट्रिय पर्यटन परिषद्का केन्द्रिय सदस्य बासुदेव त्रिपाठीले अध्यक्ष पालिखेले नयाँ ढंगले काम गर्ने विश्वास व्यक्त गर्दै पोउवासंघको नेतृत्व छान्न पर्यटन क्षेत्र पनि निर्णायक भएर आएको दाबी गरे । नाट्टा पोखराका अध्यक्ष डिल गौतमले हरियो प्लेटका पर्यटन सवारीमा नेपाली पर्यटकले पनि यात्रा गर्न पाउनुपर्ने भनाई राखे ।
कमेन्टहरु
Loading...