तीन दलको सहमतीले निर्वाचनको ढोका खुल्यो – मन्त्री लेखक

सागर राज तिमिल्सिना
पोखरा, ११ असोज/भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले तीन दलले इलाकालाई आधार मानेर गाउँपालिका र नगरपालिका बनाउने सहमतीले चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताएका छन् । नेपाली कांग्रेस कास्कीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री लेखकले प्रमुख तीन दलको सहमती पछि चैतमा निर्वाचन हुने भन्दै कार्यकर्तालाई तयार रहन आग्रह गरे ।

रमेश लेखक
रमेश लेखक

उनले जिल्ला विकास समितिका इलाकालाई आधार मानेर नौ सय देखि एक हजारको हाराहारीमा गाउँ पालिका र नगरपालिका बनाउने बताए । उनले अहिलेको इलाकालाई नै गाउँ पालिका र नगरपालिका बनाउने नभै इलाका कै आधारमा गाउँ पालिका र नगरपालिका बनाउने सहमती तीन दलबिच भएको उल्लेख गरे ।

उनले संविधानमा मधेशी जनताको असन्तुष्टिलाई सम्वोधन गर्न कांग्रेस तयार रहेको जानकारी बताए । उनले चित्त नबुझेका कुरामा संशोधन गरी संविधानलाई सबै जनताको साझा सम्पत्ति बनाउने कांग्रेसको एजेण्डा नै रहेको बताए । कार्यक्रमा संसदहरु यज्ञबहादुर थापा, सारदा पौडेल, काग्रेस नेता शोभियत बहादुर अधिकारी, कास्की काग्रेस सभापति कृष्ण केसी लगाएले कास्कीका समस्याका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...