नाट्टाको रक्तदानमा ४५ युनिट संकलन

पोखरा, ११ असोज /३७ औं बिश्व पर्यटन दिवसको अवसरमा नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले पहिलो रक्तदातालाई ब्लड व्याग नाट्टा पश्चिमाञ्च क्षेत्रिय संघका कोषाध्यक्ष हरिराम अधिकारीलाई हस्तान्तरण गरि कार्यक्रममको उद्घाटन गरेका थिए ।

रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरामा रहेका पर्यटन पर्यटन संग आबद्ध बिभिन्न संघ सस्ंथाको सहभागीता रहेको थियो । रक्तदान कार्यक्रममा भर्खरै पोखरामा सरुवा भई आएका क्षेत्रिय प्रशासक बराललाई बिभिन्न पर्यटन संग आबद्ध संघ सस्थाले स्वागत गरेका थिए ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराका अध्यक्ष डिल्ली प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य एवं स्वागत गर्दै कार्यक्रम संयोजक कुलचन्द्र शर्माले रक्तदान सबैको लागि आवश्यक पर्ने सक्ने बताए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव शुवास भण्डारीले गरेको थिए ।

कमेन्टहरु
Loading...