मलेसियामा दुई नेपालीलाई आजीवन जेल

२५ जेठ, काठमाण्डौं । मलेसियाको उच्च न्यायलयले दुई नेपालीसहित तीन जनालाई आजीवन काराबासको सजाय सुनाएको छ । दुई बर्षअघि एक सुरक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको अपहरण गरी फिरौती लिएको घटनामा दोषी ठहर गर्दै अदालतले शुक्रबार यो सजाय सुनाएको हो । सजाय पाउने तेस्रो व्यक्ति भने मलेसियाली हुन् ।

आरोपी तीनै जनाले अपहरण गरी १० किलो सुन फिरौती लिएको अदालतमा स्वीकारेपछि सिलनगोर राज्यले राजधानी शाह आलमको उच्च न्यायालयले फैसला सुनाएको नागरिक दैनिकमा खबर छ । आजीवन काराबासको सजाय पाउने दुई नेपालीमा ३२ बर्षे आर रोसन र ३० बर्षका टिजे रमेश छन् । दुवै निर्माण मजदुरका रुपमा मलेसिया गएका थिए । सजाय पाउने मलेसियाका नागरिक सी रुद्र भने हवाई परिचारक हुने ।

‘अपहरण हुँदा पीडित घाइते भएका छैनन् । फिरौतीस्वरुप लिइएको सुन फिर्ता भइसकेको छ, जुन पीडित पक्षलाई प्राप्त भइसक्यो,’ दोषीलाई मृत्युदण्डको सजाय नदिइ आजीवन कारबास सुनाउनुको कारण न्यायाधीश अब्दुल अली अब्दुल्लाहले फैसलामा खुलाएका छन् । पीडित पक्षले मुद्दा दायर गर्दा तीनै जनालाई मृत्यु दण्डको माग गरेका थिए ।

कमेन्टहरु
Loading...