ट्रान्सफर्मर​ मर्मत नहुदा लेखनाथ र हंसपुरमा एक महिना देखि अन्धकार

कृष्ण आचार्य

लेखनाथ , १० असोज/सरकारी कार्यलयको उदाशिनताको कारण कास्कीको पुर्वी भागमा रहेका लेखनाथ र हंसपुरका केही बस्तीहरु महिनौ देखी अन्धकार भएका छन् । नेपाल विद्युत प्राधिकरण लेखनाथ बितरण केन्द्रले पहल नगरीदिदा लेखनाथ १० खोलाबेशी र हंसपुर गाबिस ९ काउरेका बस्तीहरु एक महिना देखी अन्धकारमा बस्न बाध्य भएका हुन् ।

भदौ महिनाको सुरुवात संगै बिग्रिएको त्यस क्षेत्रको ट्रान्सफर्मर अझै मर्मत हुन नसक्दा खोलाबेशी र काउरेका जनता अध्यारोमा नै रात काट्न बाध्य भएका छन् । पटक पटक ताकेता गर्दा पनि बिधुत प्राधिकरणले सकरात्मक पहल नगरीदिएको स्थानिय वासीहरुको गुनासो छ । बिग्रिएको १० ÷ १२ दिनमा एक पटक मर्मत हुने गरेपनि बनेको दुई तिन दिन पनि बिजुली बाल्न नपाउदै पुन बिग्रिने गरेको लेखनाथ १० खोलाबेशीका स्थानियवासी शिबराज आचार्यले बताए ।

पटक पटक लाईन बिग्रने र लामो समय सम्म पनि नबन्ने गरेका कारण मोवाईल समेत चार्ज गर्न नपाउदा सञ्चार सुबिधाबाट पनि बन्चित हुनु परेको लेखनाथ १० खोलाबेशी कै अर्का स्थानियवासी रामचन्द्र सुबेदीको गुनासो छ । एक महिनाको बिचमा तिन पटक ट्रान्सफर्मर मर्मत भएपनि राम्रो काम नगरेका कारण पटक पटक बिजुलीको लाईन बिग्रने गरेको हसपुरका तारानाथ सुबेदीको भनाई छ ।

नयाँ ट्रान्सफर्मर नफेरी पुरानै ट्रान्सफर्मर फेर्ने गरेका कारण पटक पटक एउटै समस्या दोहोरिने गरेको उनले बताए । लामो समयदेखी बिधुत लाईन मर्मत नभएको भन्दै सोमबार हंसपुर र खोलाबेशीका स्थानियवासीहरु नेपाल बिधुत प्राधिकरण लेखनाथ बितरण केन्द्रमा डेलिकेसन आएका थिए । मंङ्लबार सम्ममा लाईन मर्मत हुने आश्वासनपछि उनिहरु फर्किएका छन् । कार्यलयमा सम्पर्क गर्दा सोमबार नयाँ ट्रान्सफर्मर आईपुगेको र मंङ्लबार सुरुमै त्यस क्षेत्रको लाईन मर्मत हुने कार्यलयका इञ्जिनियर आनन्द शर्माले जानकारी दिए ।

चट्याङका कारण पटक पटक त्यस ठाऊको ट्रान्सफर्मर बिग्रने गरेकोले समस्य भएको उनको भनाई थियो । चट्याङका कारण धेरै ठाऊमा ट्रान्सफर्मर बिग्रिएको भन्दै अब सबै ठाऊको मर्मतको काम हुने उनले बताए । पहिरोका कारण बाटो अबरुद्द हुदा थुमाकोडाँडा सैमर्याङ लगायतका ठाउको लाईन मर्मत गर्न समस्या भएको शर्माले बताए । चट्याङका कारण हंसपुर सहित थुमाकोडाँडा सैमर्याङ, बडहरे लगायतको ठाऊमा पनि ट्रान्सफर्मर बिग्रिएको नेपाल बिधुत प्राधिकरण लेखनाथ बितरण केन्द्रले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...