पोखरा, ११ असोज /सेभेन हार्ट इन्टरटेन्मेन्टको आयोजनामा पोखरामा सम्पन्न मिस भ्याली स्टार सिजन दुईको उपाधी गैह्रापाटनकी कक्षा १२ मा अध्ययनरत १७ बर्षिय अश्मिता श्रेष्ठले हात पार्न सफल भईन् । उनले उपाधीको ताज सहित ३० हजार रुपैया नगद र अन्य उपहारहरु प्राप्त गरिन् ।

ताज संगै अश्मिताले वेष्ट पर्फमेन्स र वेस्ट पर्सनालिटी अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । निर्णायकको अन्तिम प्रश्नको सर्बोकृष्ट जवाफ दिँदै अश्मिताले उपाधी जित्न सफल भएकीहुन् । त्यस्तै प्रतियोगितामा रिया थापामगरले फस्ट रनरअप संगै मोस्ट ट्यालेन्ट अवार्ड र सुमिक्षा गुरुङले सेकेन्ड रनरअपको उपाधी संगै मोस्ट पपुलर र मोस्ट फ्रेन्डली अवार्ड चुम्न सफल भए । फस्ट रनरअप रियाले ताजसंगै २० हजार रुपैया नगद र सेकेण्ड रनरअप सुमिक्षाले १० हजार नगद संगै ट्रफी, अवार्ड र अन्य पुरस्कार प्राप्त गरे ।
उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई परिचय, लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाईएको थियो । प्रतिस्पर्धीको मूल्याङकनका लागि लिटिल स्टेप उच्च मा.बि.का प्रिन्सिपल एवं शिक्षाविद् पम्फा गुरुङ, सञ्चारकर्मी, सौन्दर्यकर्मी एवं मिसेस तीज २०६८ की बिजेता रोजी श्रेष्ठ र इभेन्ट म्यानेजर तथा मोडल बिशाल गुरुङलले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
त्यस्तै, सबटाइटल बिजेतातर्फ भ्यूअर्स च्वाइस र मोस्ट डिसिप्लिनमा रिता पुनमगर, आयोजक छनौटमा पुनम गुरुङ, वेष्ट फोटो जेनिक र ब्यूटिफुलमा ज्योति राई, वेस्ट वाकमा कुसुम सुनार र हेल्डी हेयरमा तिर्सना सिंजालीमगरले अवार्ड प्राप्त गरेको कार्यक्रम संयोजक कञ्चन पाण्डेले जानकारी गराए ।