लायन्स क्लवद्वारा छात्रावृत्ति वितरण कार्यक्रम

पोखरा, १० असोज/लायन्स क्लव अफ पोखरा गण्डकीको आयोजनामा रोयल पोखरा रेस्ट्रो एण्ड वार, ट्रेड महल पोखरामा छात्रावृत्ति वितरण कार्यक्रम संपन्न भएको छ । उक्त कार्यक्रममा महेन्द्र मा.वि. घार्मी, भद्रकाली मा. वि. एसोएस वाल ग्राम र सत्य साई विद्याश्रममा अध्ययन गर्ने अर्फान, भुकम्प पिडित र आर्थिक स्थिति कमजोर भएका ३४ जना बालबालिकाहरुले छात्रावृत्ति प्राप्त गरेका थिए ।

लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष लायन शारदा शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति डिस्ट्रिक ३२५ बी १ नेपालका डिस्ट्रिक गभर्नर लायन बालकृष्ण वुर्लाकोटीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा डिष्ट्रिक फस्ट लेडी लायन ज्ञानु वुर्लाकोटी, पीएमसीसी लायन प्रेम वहादुर श्रेष्ठ, निवर्तमान डिस्ट्रिक गभर्नर लायन ध्रुव वहादुर थापा, फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन धनराज आचार्य, डिस्ट्रिक को– चिफ एडभाइजर लायन अर्चना प्रधान, डिस्ट्रिक एडभाइजर लायन अनिला श्रेष्ठ जोन चेयर प्रसन लायन सुरेन्द्रमान विजुच्छे लगायत डिस्ट्रिक पदाधिकारीहरु, विभिन्न क्लवका अध्यक्षहरु, शिक्षकहरु क्लवका सदस्यहरु र विद्यार्थी भाइवहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

लायन्स क्लवद्वारा छात्रावृत्ति वितरण कार्यक्रम
लायन्स क्लवद्वारा छात्रावृत्ति वितरण कार्यक्रम

प्रमुख अथिति डिस्ट्रिक ३२५ बी १ नेपालका डिस्ट्रिक गभर्नर लायन बालकृष्ण वुर्लाकोटीले लायन्स क्लव अफ पोखरा गण्डकीले गरेको यस कार्यक्रमको प्रशंशा गर्दै छात्रावृत्ति वितरण कार्यक्रम मात्र नभई यस कार्यक्रमलाई  मेघा छात्रावृत्ति वितरण कार्यक्रम भन्दै सम्मान व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पीएमसीसी लायन प्रेम वहादुर श्रेष्ठ निवर्तमान डिस्ट्रिक गभर्नर लायन ध्रुव वहादुर थापा जोन चेयर प्रसन लायन सुरेन्द्रमान विजुच्छे, सत्य साइ सेवा केन्द्रका प्रचार्य विश्वराज खनाल, महेन्द मा. मा अध्ययनरत शुस्मा पौडेल लगाएतले वोलेका थिए ।

कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ पोखरा गण्डकीका सचिव लायन विनिता गुरुङले गर्नुभएको थियो भने उपस्थित संपुर्णलाई स्वागत क्लवका पुर्व अध्यक्ष लायन इन्दिरा वरालले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित संपुर्ण महानुभावहरुलाई लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष लायन शारदा शर्माले सानो सहयोगले बालबालिकाको शिक्षामा ठुलो मदत पुग्ने कुरा व्यक्त गर्दै संपुर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...