अबैध ठहरिएका ३० हजार नेपाली साउदीबाट फर्कदै

२५ जेठ, काठमाण्डौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ३० हजार नेपाली एक महिनाभित्र स्वदेश फर्कदैछन् । अवैध रुपमा बसिरहेकालाई फर्काउने साउदी सरकारको नीतिअनुसार उनीहरु फर्कन लागेका हुन् । यसरी फर्किएकाहरु आगामी १० वर्षसम्म कामका लागि सउादी जान पाउँदैनन् । अवैध रुपमा काम गर्नेहरुलाई वैध बनाउने र वैध हुन नसक्नेलाई सम्बन्धित मुलुकको दूतावासको सिफारिसमा स्वदेश फर्काउने नीति साउदी सरकराले अघि सारेको छ ।

‘अबैध’ नेपाली कामदारको फर्कने मितिको अन्तिम टुंगो भने अझै लागि नसकेको ‘आउट पास’ लिएका एक नेपालीले टेलिफोनमा जानकारी दिएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । नाम बताउँदा समस्या पर्ने भन्दै उनले भने, ‘हामी साउदीबाट अर्को सातामात्र नेपाल र्फकन्छौ होला । कहिले फर्कने भन्ने निश्चित भएको छैन् ।’ जेद्दाको एक कम्पनीमा काम गदै आएका उनले शुक्रबार जेद्दा पुगेका नेपाली दूतावासको टोलीसँग ‘आउट पास’ (नेपाली दूतावासले नेपाली हो भनेर दिने ट्राभल डकुमेन्ट) लिएका हुन् । उनीहरुले अन्तिम ‘क्लियरेन्स’ लिन आवश्यक छ । तर पाइनसकेको अवस्था छ । साउदी सरकारले मुलुकभर २० स्थानमा केन्द्र खोलेर अवैध रुपमा बसेका विदेशीलाई साउदी छोड्न पाउने पत्र थमाउने प्रक्रिया अघि बढाएको छ । cp .

कमेन्टहरु
Loading...