पोखरामा सोमबारदेखि तेश्रो नेप्लीज इन्काउण्टर कप

पोखरा, १० असोज /नेप्लीज इन्काउण्टर,लेकसाइडको आयोजना तथा कास्की जिल्ला टेनिस संघको सहयोगमा मंगलबारदेखि पोखरा रंगशालामा तेश्रो नेप्लीज इन्काउण्टर भेटरान खुल्ला टेनिस प्रतियोगिता हुने भएको छ । विश्व पर्यटन दिवसका अवसरमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखरामा सोमबारदेखि तेश्रो नेप्लीज इन्काउण्टर कप
पोखरामा सोमबारदेखि तेश्रो नेप्लीज इन्काउण्टर कप

प्रतियोगितामा ३५ वर्ष माथिको एकल र डबल्सतर्फ प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा कास्की जिल्ला टेनिस संघका द्धितिय उपाध्यक्ष नारायण पहारीले जानकारी दिए । एकलतर्फ ४५ र डबल्सतर्फ १५ टिमले भाग लिने पहारीले बताए । प्रतियोगितामा एकलतर्फको विजेताले नगद १५ हजार, ट्रफि तथा दोश्रो हुनेले नगद ८ हजार, ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै डबल्सतर्फ विजेताले नगद १० हजार ट्रफि र दोश्रो हुने टिमले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै २ लाख रुपैयाँ लाग्ने जनाइएको छ ।पत्रकार सम्मेलनमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, संघ कास्कीका सचिव लोक गुरुङ्ग लगाएतले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए । प्रतियोगिताको औपचारिक उद्घाटन सोमबार हुने भएपनि त्यसको छनौंट खेलभने आइतबारदेखिनै शुरु भएको छ । आइतबारका खेलहरुमा शिव सुवेदी, धर्म कोइराला, विरेन्द्र लामा, माधव भण्डारी, कृष्ण केसी, विरेन्द्र गहतराज, नविन श्रेष्ठ, मनु त्रिपाठी, चन्द्र लामा, हर्क गुरुङ्ग, डा.देव थापा, सूर्यबहादुर शाही, नारायण पहारीले जित हाँसिल गरेका छन् ।

कमेन्टहरु
Loading...