चार लायन्सको संयुक्त पदस्थापन

पोखरा, १० असोज /लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा टेम्पल सिटी, लेखनाथ गार्डेन सिटी, लेखनाथ बाटीका र लियो क्लब अफ पोखरा पिस सिटीकोे सयुक्त पदस्थापन कार्यक्रम आईतवार पोखरामा सम्पन्न भएको छ ।

प्रमुख अतिथि पदस्थापन अधिकृत एवं लायन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रिक गर्भनर बालकृष्ण बुर्लाकोटी उद्घाटन गरेको कार्यक्रममा डिष्ट्रिक गर्भनर बुर्लाकोटीले बर्ष १६÷१७ का अध्यक्षहरु पिस सिटीका किशोरमोहन भट्टराई, टेम्पल सिटी टुल्कनाथ आचार्य, गार्डेन सिटीका भरतकुमार अधिकारी, बाटीकाका हरिप्रसाद धमला र लियो क्लब अफ पोखरा पिस सिटीका अनिल सुवेदीलाई पद तथा गोपनियताको सपथ खुवाई सयुक्त पदस्थापन गरेका थिए ।

कार्यक्रममा निर्वतमान डिष्ट्रिक गर्भनर धुर्व बहादुर थापाले लायन्स क्लब अफ पोखरा पिस सिटीको स्पोन्सरमा लायन बर्ष १५÷१६ मा गठन भएको क्लब लेखनाथ गार्डेन सिटीकोे चार्टर हस्तान्तरण गरेका थिए । लायन्स क्लब अफ पोखरा पिस सिटीका बर्ष २०१५÷१६ का अध्यक्ष टंकराज अधिकारीले आफ्नो कार्यकालमा भएका मुख्य मुख्य कार्यहरु अन्र्तगत अन्तर लायन्स फुटवल प्रतियागिेता, क्लबको नयाँ प्रोजेक्टको रुपमा क्लोथ बैक स्थापना गरि न्यानो कपडा चेपाङ बस्तिका लक्षित बर्ग समक्ष लगि बितरण, भुकम्प प्रभावित बिधालयमा पुस्तकालय स्थापना लगाएतका कार्यहरु रहेको बताएका थिए ।

कार्यक्रममा २०७२ सालको एसएलसीमा उतिर्ण क्लबका लायन सदस्यहरुका छोरा छोरीलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत क्लबका पुर्व अध्यक्ष ख्यामनारायण काफ्लेका छोरी कृति काफ्ले र सदस्य युवराज खनालका छोरा संजय खनाललाइ गर्भनर बालकृष्ण बुर्लाकोटी र क्लबका अध्यक्ष टंकराज अधिकारीले संयुक्त रुपमा सम्मान गरेका थिए । सो अवसरमा अधिकारीले आफना कार्यकालमा बिशेष सहयोग पुर्याउनु हुने निर्वतमान डिष्ट्रिक गर्भनर लगाएत बिभिन्न संघ संस्थाका प्रमुखहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा बर्ष १६÷१७ का अध्यक्षहरु पिस सिटीका किशोरमोहन भट्टराई, टेम्पल सिटी टुल्कनाथ आचार्य, गार्डेन सिटीका भरतकुमार अधिकारी, बाटीकाका हरिप्रसाद धमला र लियो क्लब अफ पोखरा पिस सिटीका अनिल सुवेदीले आफ्ना भावी कार्यक्रम सहित प्रतिबद्धता मन्तब्य राखेका थिए । सोही कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर बालाकृष्ण बुर्लाकोटी र निर्वतमान डिष्ट्रिक गर्भनर धुर्व बहादुर थापालाई पिस सिटीका तर्फबाट ८ जना र लेखनाथ गार्डेन सिटीका तर्फबाट १०० प्रतिशत एनएलएफ सहित २ जना एमजेएफको चेक दुवै क्लबका अध्यक्ष किशोरमोहन भट्टराइ र भरतकुमार अधिकारीले हस्तान्तरण गरेका थिए ।

पिएमसिसिद्धय दिपक श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ, प्रथम भाईस डिष्ट्रिक गर्भनर धनराज आचार्य, डिष्ट्रिक एड्भाईजर रामचन्द्र पोख्रेल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा पिस सिटीका सस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, पुर्व अध्यक्ष प्रशान्तराज धमला, प्रथम उपाध्यक्ष जिवन ढुंगाना, तृत्तिय उपाध्यक्ष हरिराम पराजुली सचिवद्धय राजेन्द्र ढकाल र रामप्रसाद अधिकारीले आफ्ना भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...