लेकसाइडको खहरेमा २८ फिट अग्लो बुद्धको मुर्ति

पोखरा, १० असोज/बैदाम तामाङ्ग सेवा समाज पोखराको पाँचौ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । समाजले लेकसाइडको खहरेमा निर्माण गरेको अमिताभ बुद्धको गुम्बा परिसरमा सम्पन्न गरेको कार्यक्रम समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको हो ।

संस्थाका सचिव राजु तामाङ्गले बार्षिक प्रतिवेदन तथा सहकोषाध्यक्ष जयन्ती मोक्तानले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नयाँ सदस्यहरुलाई संस्थामा स्वागत पनि गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश नं ४ का प्रमूख दिपक वाइवा तामाङ्गले तामाङ्ग जातिको इतिहासका बारेमा प्रकाश पारेका थिए । उनले तामाङ जाती लामो समयदेखि विभेदमा परेकाले अधिकारका लागि एकतावद्ध हुनुपर्ने बताए ।

अध्यक्ष ज्याक तामाङ्गले आफ्ना समुदायका युवाहरुलाई जातीय हितमा मात्र केन्द्रित नभइकन राष्ट्र निमार्णप्रति पनि जागरुक हुन आग्रह गर्नुभएको थियो । उनले विगत पाँच वर्ष अगाडि तामाङ्गहरुको धर्म, रीतिरिवाज र संस्कृति जर्गेना गर्ने उद्देश्यले लेकसाइड वरपर बसोबास गर्ने तामाङ्गहरुलाई समेटेर सो संस्था गठन भएको बताए । कार्यक्रममा बैदाम तामाङ्ग आमा समूहका अध्यक्ष कान्छी तामाङ्ग, बैदाम तामाङ्ग युवा समाजका अध्यक्ष जेसिका तामाङ्ग, आयोजक संस्थाका उपाध्यक्ष छेवाङ्ग दोर्जे लामा र मिस तामाङ्ग पोखरा २०१६ निमा तामाङ्गले बोलेका थिए ।

कार्यक्रममा मिस तामाङ्ग पोखरा २०१६ का सहभागीहरुको तर्फबाट निमा तामाङ्गले समाजका अध्यक्ष ज्याक तामाङ्गलाई सम्मान पत्र प्रदान गरेका थिए ।सो अवसरमा संस्थाका उपाध्यक्ष छेवाङ्ग दोर्जे लामाको संयोजकत्वमा गुम्बाका लागि लामा समूह पनि गठन गरिएको छ । समाजले लेकसाइडको खहरेमा २८ फिट अग्लो अमिताभ बुद्धको मुर्ति निमार्ण सम्पन्न भइसकेको छ ।

कमेन्टहरु
Loading...